कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गुरुङको पदस्थापन - News site from Nepal
कुश्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा गुरुङको पदस्थापन

पर्वत-पर्वतको कुश्मा नगरपालिकामा नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङलाई स्वागत गरिएको छ ।
हालै नेपाल सरकारको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भई आउनुभएका गुरुङ आज नगरपालिकामा हाजिर हुनुभएको हो । पहिलो दिन कार्यालयमा हाजिर हुनुभएका गुरुङलाई कुश्मा नगरपालिकाले स्वागत गरेको छ ।
यसअघि २०७२ सालमा १०८ दिन कुश्मामै कार्यकारी अधिकृतको रुपमा कार्यरत गुरुङ पुन ः उपसचिवमा बढुवा भई कुश्मामै पदास्थापन हुनुभएको हो । कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि प्रशासकीय प्रमुखलाई कर्मचारीहरुले स्वागत गरे भने उहाँलाई उपसचिव भएकोमा बधाई पनि व्यक्त गरे । सो अवसरमा बोल्दै उपप्रमुख लामिछानेले निष्पक्ष, स्वतन्त्र र तटस्थ रुपमा सेवामा लाग्न आग्रह गर्नुभयो ।
कुश्मा नगरपालिकामा कर्मचारीहरुका बिचमा निकै सौहार्दपूणर् र एक आपसमा सहयोगी भावना रहेको उल्लेख गर्दै लामिछानेले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृतलाई पनि असल कर्मचारीहरुको रुपमा आफुले चिनेको बताउनुभयो । यसअघि पनि कुशलतापूर्वक सेवा गर्नुभएको स्मरण गर्दै लामिछानेले जनप्रतिनिधीले कर्मचारी संग हरेक विषयमा मिलनसार व्यवहार हुने गरेको अवगत गराउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङले सबै संग आफ्नो सौहार्दपूणर् सम्बन्ध हुने बताउनुभयो ।
नागरिकमैत्री सेवामा आफु संधै प्रतिबद्ध रहेको भन्दै गुरुङले कुश्मा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधी र कुश्माका सम्पूणर् नागरिकहरुलाई कुनै दवाव र प्रभावमा नपरि सन्तुष्ट हुने गरि आफुले कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रवहादुर क्षेत्री, लेखा अधिकृत कमलराज पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वागत सामाजिक शाखाका प्रमुख डिलकुमारी शर्माले गर्नुभयो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका सह संयोजक यामप्रसाद शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!