पर्वतको खनियाघाटमा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु - News site from Nepal
पर्वतको खनियाघाटमा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

पर्वत –  पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं.- ८ खनियाँघाटमा ध १ प ८९५८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोमवार साँझ १ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार साघुरो सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी बागलुङ नगरपालिका वडा न २ बस्ने ३७ बर्षका बाबुराम केसीको मृत्यु भएको छ ।
दुर्घटनामा परेका केसीको तत्काल उद्धार गरी प्रहरीले बागलुङ अस्पतालमा पुराएको थियो । अस्पतालले केसीलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक मनिषकुमार श्रेष्ठले जानकारी दिनुभयो । मोटरसाइकल सकबाट अन्दाजी २२ मिटर तलको खोचमा खसेको प्रहरीले जनाएको छ ।
जीप दुर्घटना ३ घाईते
यसैगरी पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नं. ५ अम्बोटस्थित पोखरा-बागलुङ सडक खण्डमा म्याग्दीबाट पोखरातर्फ जाँदै गरेको ग ३ च १०९ नं.को जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।
दुर्घछनामा परी म्याग्दी जिल्ला अन्नपूणर् गाउँपालिका-४ नारच्याङका ६५ वर्षीय भीमबहादुर पुन, सोही स्थानका ३० वर्षीय विशाल गर्बुजा र ३० वर्षीय ताराबहादुर गर्बुजा घाईते भएका हुन् ।
जीपमा चार जना सवार रहेकोमा एक जना सकुशल रहेको र घाईते तीन जनाको उपचारका लागि पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!