पर्वतको सरौखोलाको वडा कार्यालय बनाउन तिवारीद्धारा निशुल्क जग्गा प्रदान - News site from Nepal

पर्वत- दक्षिण पर्वतको पैयूँ गाउँपालिका वडा न. ६ सरौखोलाको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय एक व्यक्तिले निशुल्क जग्गा दान गर्नुभएको छ । सोहि वडा निवासी समाजसेवी निलकण्ठ तिवारीले निःशुल्क जग्गा प्रदान गर्नु भएको हो ।
तिवारीले सरौफाँट स्थित सोतोमा रहेको एक रोपनि जग्गा निशुल्क प्रदान गर्ने घोषणा गर्नु भएको हो । उहाँले जग्गा निःशुल्क दिए पछि वडाले भवन निर्माण प्रक्रिया अघि बढाउने भएको छ । अहिले उक्त जग्गाका मुल्य रु १० लाख को हाराहारीमा पर्ने वडा कार्यालयको मुल्यांकन रहेको छ ।
वडा सचिव पाराश्वर सापकोटाका अनुसार स्थानीय, जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि र समाजसेवीहरुको उपस्थितिमा उहाँले निशुल्क जग्गा दिने घोषणा गर्नु भएको हो । हाल वडा कार्यालय निकै जिणर् अवस्थामा छ । सोही वडा कार्यलय बनाउन तिवारीले निःशुल्क जग्गा प्रदान गर्नु भएको हो ।
स्थानीय तह र वडालाइ भौतिक रुपले संस्थागत गर्न सहयोग पुगोस भनेर जग्गा निशुल्क दिने निणर्य गरेको उहाँले बताउनुभयो । जग्गा प्रदान गर्नुभएकोमा पैयुँ गाउँपालिकाले उहाँलाई धन्यवाद समेत व्यक्त गरेको छ । तिवारी सामाजिक सेवासँगै संचार क्षेत्ररमा समेत सक्रिय हुनुहुन्छ ।
पर्वतको पैंयु गाउँपालिकाले प्रमुख प्रशासनिक भवन सहित वडा कार्यालयहरुका भवन निर्माणलाई तीब्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!