प्याब्सन पर्वतको १२ औँ जिल्ला अधिवेसन सम्पन्न, अध्यक्षमा पराजुलि - News site from Nepal

 रामचन्द्र भुसाल
पर्वत – निजी तथा आवाशिय अर्गनाईजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति पर्वतको वार्षिक साधरण सभा तथा १२ औँ जिल्ला अधिवेसनसम्पन्न भएको छ । शनिबार कुश्माको होटल बेन्जुमा सम्पन्न भएको अधिवेसनले सृजना बोर्डिङ स्कुल बाजुङका प्रिन्सिपल श्रीराम पराजुलिको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
उपाध्यक्षमा आईबल एकेडेमि ज्ञादीका प्रिन्सिपल विमल पौडेल, सचिवमा पर्वत ग्रिनपिस इंलिस बोर्डिङ स्कुल थापाठानाका प्रिन्सिपल विष्णु सुवेदी र कोषाध्यक्षमा ग्लोवल चिल्ड्रेन एकेडेमी खुर्कोटका प्रिन्सिपल शिव प्रसाद सुवेदी सर्वसम्मत चयन गरेको हो ।
कार्यक्रममा निजी विद्यालायलाई लामो समय सेवा नर्गुभएका शिक्षकहरुलाई सम्मापत्रद्धारा सम्मान गरीएको थियो । प्याव्सनका पूर्व अध्यक्ष बलराम शर्माको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा जिल्ला शिक्षा ईकाई पर्वतका प्रमुख उद्धिमराज पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमा सहभागिहरुलाई प्याब्सनका पुर्व उपाध्यक्ष श्रीराम पराजुलिले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो भने सञ्चालन विमल पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!