सिवाईसी बचत तथा ऋण सहकारी संस्था गुप्तेश्वर सेवा केन्द्रको १२ ओँ साधारण सभा सम्पन्न - News site from Nepal

पर्वत- सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड गुप्तेश्वर सदस्य सेवा केन्द्र कुश्मा पर्वतको १२ ओँ साधारण सभा आज सम्पन्न भएको छ । सहकारीको कार्यालयमा भएको साधारणसभामा विभिन्न विषयमा छलफल भई पारित गरिएको छ ।
वार्षिक प्रगति प्रतिबेदन, आर्थिक प्रतिबेदन पेश भएको छ । समाजसेवी लोकनाथ आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै आचार्यले सहकारीहरु नाफामुखी भन्दा सेवामुखी हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा समाजसेवी सीता शर्मा पौडेल, मानकुमारी गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
गतवर्ष देखी कुश्मामा शुरु भएको सहकारीले एक वर्षको अवधिमा डेढ करोड बचत गरेको साधारणसभामा जानकारी गराईएको छ । सहकारीमा ८३५ जना शेयरधनी रहेका छन् । सहकारीले सेवामुलक क्षेत्रमा धेरैजसो आफ्ना गतिविधि केन्द्रित गर्दै सिवाईसी गुप्तेश्वर सदस्य सेवा केन्द्रका अध्यक्ष किशोर भण्डारीले जानकारी दिनुभयो । स्वागत सहसंयोजक ईश्वरी प्रसाद शर्मा र कार्यक्रमको सञ्चालन सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो । सहकारकिो शेयर पूजी २ करोड ९३ लाख ४ हजार ९ सय रहेको छ ।
यो सहकारीले एक करोड ४४ लाख ९० हजार ९ सय ३७ रुपैयाँ लगानी गरेको छ । कुल पूँजी ७ करोड २ लाख ६१ हजार ८ सय ८६ रहेको छ । यसले विगत ३ महिना देखि मात्रै लगानी गर्न शुरु गरेको हो । सहकारीले आफ्ना सेयर सदस्यलाई भित्रै लगानी प्रवाह गर्दै आएको छ ।
बचत तथा ऋण प्रवाह सहित मोवाईल बैकिंङ, एटिएम, मनि ट्रान्र्सफर, जीवन आवास तथा सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!