पर्वतको मोदीकी कोरोना संक्रमित एक महिलाको होम आइशोलेशनमा मृत्यु - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. २ की एक महिलाको होम आईशोलेशनमै मृत्यु भएको छ । स्थानीय ७८ वर्षिया महिलाको मंगवार दिउँसोृ मृत्यु भएको हो । उहाँमा वैशाख ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उहाँमा उच्च रक्तचाप र चिनीरोगको समेत समस्या रहेको स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । यस अघि पर्वतको जलजला-४ का २८ वर्षिय एक पुरुषको पोखराको जनप्रिय अस्पतालमा मृत्यु भएको रिपोर्ट सार्वजनिक भएको थियो ।
यो सँगै पर्वतमा कोरोनाले मृतकको संख्या २४  पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!