स्थानीय शिक्षा ऐन बनाएर शैक्षिक क्षेत्रमा फलेवासले राज्यलाई नै चुनौती दिएको छ ः नगरप्रमुख शर्मा - News site from Nepal

पर्वत – अम्बोट आधारभूत विद्यालयको बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । फलेवास नगरपालिका–४ मुडिकुवामा अवस्थित गहते अम्बोट आधारभूत विद्यालयको ४१ औँ बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । ‘हामी सबैको प्रण सार्वजानिक शिक्षा प्रणलीको सवलीकरण’ भन्ने मुल नाराका साथ आयोजना गरेको बार्षिकत्सव कार्यक्रमलाई सम्बोधन गदै फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले नगरपालिकाले शिक्षामा नयाँ जागरण शुरु गरेको दाबी गर्नुभयो । नगरपालिकाले विद्यालय, शिक्षक र विद्याथीको संख्या थपिएला, घट्ला भन्ने चिन्ता भन्दा पनि दृढ संकल्प सहित अगाडि बढ्नुपर्छ भनेर शिक्षामा नयाँ जागरण शुरु गरेको बताउनु भयो ।
उहाँले नेपालमा सबैभन्दा पहिला सरकारको अनुभूति दिनेगरी तिन तहको सरकारको समन्वय, सहअस्तित्व र सहकार्यलाई भत्काउने गरी एकल अनुसूचीमा रहेको आधारभूत तथा माध्यमिक तहको शिक्षा ऐन जारी गरेर शिक्षा नियमवली बनाएर नगरपालिकाले राज्यलाई चुनौति दिएको दावी गर्नुभयो ।
‘नगरमा हाल ५७ वडा विद्यालय छन् । नगरपालिकाले १४ वटा विद्यालयलाई एकिकरण ग¥यो । विद्यालय ऐन अनुसार व्यवस्थापन समिति गठन ग¥यौ, गहते अम्बोट आधारभूत विद्यालयमा ४० जना विद्यार्थी थिएनन्, विद्यालयका शिक्षक, अभिभावकहरुले विद्यालयलाई नमूना बनाउँछौँ भनेर संकल्प गर्नुभयो,’–मेयर शर्माले भन्नुभयो,‘साँच्चिकै आज विद्यालयको कारणले नगरपालिकाको गरिमा बढेको छ ।,’ नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य, खानेपानी, खेलकुद र पर्यटन पवद्र्धनमा समेत उल्लेखनिय काम गरेको दावी गर्नुभयो ।
कार्यक्रममा फलेवास नगरपालिका प्रवक्ता एवम् मुडिकुवा ४ का वडा अध्यक्ष टिकाराम गौडेलले गहते अम्बोट आधारभूत विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय भएको घोषणा गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारको विकासमा जोड दिएको बताउँदै मुडिकुवालाई जिल्लाकै नमूना वडा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा फलेवास नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत कृष्ण आचार्य,महाशिला गाउँपालिका प्रवक्ता जिवन उच्चै ठकुरी, माटेदेवल जनसहयोगी प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयका अध्यक्ष कृष्णा लम्साल, नेपाली काँग्रेस मुडिकुवाका नेता बालकृष्ण जैसी, भवानी विद्यापीठ माध्यमिक विद्यालयका प्राचार्य अर्जुनकुमार रेग्मी, गहते अम्बोट आधारभूत विद्यालयका शिक्षक राजेन्द्र शर्मा पोख्रेल, विद्यार्थी मनिस सुवेदी, सुरज कुवँर,प्रशंसा शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रध्यानाध्यापक ओमकार पौडेलले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ कुवँरको अध्याक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक मोती च्वाई, विद्यार्थी अंकित कुवँर, संस्कृति गौडल र प्रकृति शर्माले राख्नुभएको थियो । उक्त कार्यक्रमको संचालन शिक्षक रमेशराज सापकोटाले गर्नुभएको थियो । बार्षिकत्सव कार्यक्रममा विद्यालयका विद्यार्थीले गित,नृत्य, कविता र नाटक लगायत विभिन्न प्रतिभा प्रस्फुटन गरेका थिए । उक्त कार्यक्रममा विद्यालयमा प्रथम, द्धितृय र तृतिय लगायत विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!