पर्वतको खुर्कोटकी बोनम्यारो रोग पीडित गिरीको उपचारका लागि सहयोगको अपिल - News site from Nepal

पर्वत – वोनम्यारो रोगवाट पर्वत खुर्कोटकी नन्दकुमारी गिरी थला परेकी छन् । पर्वत जिल्ला साविक खुर्कोट ८ की गिरी विगत ६ महिना देखी विरामी भएकी छन् । म्याग्दी मंगलाघाट गाउंपालिका वडा नं. ३ मा जन्मिएकी गिरीको २०६९ सालमा विवाह भएको थियो । २५ वर्षिया गिरी लाई दुई महिनाअघि शरिरमा रगत उत्पादन गर्ने तत्व वोनम्यारोले काम नगरेको पहिचान भएको थियो ।

उनि सामान्य विरामी भए पछि पर्वत अस्पताल लगिएको थियो । त्यहा रोग पत्ता नलागेपछि गण्डकी हस्पिटल पोखरा रिफर गरिएको थियो । ३६ दिन पोखरामा उपचार गरे पछि पुन काठमाडौं उपचारका लागी लगिएको थियो । काठमाडौको टिचिङ अस्पतालमा पुगेपछि वोनम्यारोले काम गर्न छाडेको पत्तालागेको थियो ।
भएको पैसा ८,९ लाख जति रोग पहिचानमा नै खर्च भईसकेको उनका पति गणेश गिरीले वताए । वोनम्यारो प्रत्यारोपणका लागि थप २५ देखि ३० लाख रुपैया लाग्ने डाक्टरहरुले वताएका छन् । वैदेशिक रोजगारीमा दुवै पुगि कमाएको सवै पैसा रोग पत्तालगाउनमा खर्च भएकाले थप उपचारका लागी आर्थिक अभाव भएको गिरीले वताए । आफु,परिवार र आफन्तसंग भएको सवै पैसा सकिएको उनले वताएका छन् । सानो उमेरमा नै कडा रोग लागेकाले आफु चिन्तित भएको वताएका छन् । कमाउने समयमा रोग लागेको हुदा सानो छोराको समेत विचल्ली भएको उनले वताए ।
गाउंमा खेती किसानी गरी जिविको पार्जन गर्दै आएका गिरी परिवार आर्थिक अभावमा पिरोलिएका छन् । आर्थिक अवस्था नाजुक भएका गिरी श्रीमतीको उपचारका लागी विभिन्न निकायमा सहयोगका लागी अनुरोध गर्दै हिडेका छन् । स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाईहरुलाई सहयोग गर्नका लागी अनुरोध गरेका छन् ।
आर्थिक अभावका कारण वोनम्यारो प्रत्यारोपणको थप उपचार प्रभावित भएको छ । हालउनलाई काठमाडौंको सिभिल अस्पतालमा भर्ना गरिएको छ । नेपालको विर र सिभिल अस्पतालमा मात्रै वानम्यारो प्रत्यारोपण हुने वताईएको छ । गिरी परिवारले नन्दकुमारी गिरीको वोनम्यारो प्रत्यारोपणका लागी आर्थिक सहयोग गरेर जिवनरक्षा गरिदिन अपिल गरेका छन् ।
आर्थिक सहयोगका लागी कमल गिरी उनका भाईको नाममा प्रभु वैकको वावियाचौर शाखामा रहेको खाता नं. १५००११०६५७२०००११ नम्वरको खातामा खेलिएको जानकारी दिएका छन् । थप जानकारीका लागी उनका श्रीमान गणेश गिरी मो नं ९८०८०५९७४५ र भाई कमल गिरीको मो नं.९७४१७१०६२८ मा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । विरामी गिरीका श्रीमान र ४ वर्षिय छोरा समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!