पर्वत उवासंघको चुनाव-यि हुन् गोपि अधिकारीको समुहमा रहेका उम्मेदवारहरु - News site from Nepal

पर्वत- आउँदो चैत ७ गते हुन लागिरहेको पर्वत उद्योग वाणिज्य संघको आगामी नेतृत्वको निर्वाचनमा साझा र समाबेशी उम्मेदवार गोपी अधिकारीको पक्षका उम्मेदवारहरुको सुचि सार्वजनिक गरिएको छ ।
२३ सदस्यीय कार्यसमितिका सवै उम्मेदवारहरुको सुचि आइतवार विहान आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सबै उद्योगी तथा व्यवसायीहरुलाई समेटेर ‘समृद्ध पर्वत हाम्रो चाहाना, ब्यवसायीक एकता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ निर्वाचनमा साझा, स्वतन्त्र, समाबेशी ब्यवसायीक प्यानलको रुपमा गोपि अधिकारीको नेतृत्वमा निर्वाचनको लागि उम्मेद्वारी घोषणा गरिएको उक्त समुहले जनाएको छ ।
अधिकारी नेतृत्वको समुहमा महिला सदस्यका उम्मेदवारमा माया गिरी र अम्विका कुमारी शर्मा रहनुभएको छ भने सदस्य पदका उम्मेदवारहरुमा ठाकुर वि. पौडेल (शुभकामना ज्वेलर्स) कमलबहादुर जि.सी, (जिसि इलेक्ट्रोनिक्स) गणेश लामिछाने (लामिछाने भाँडा पसल), रमेश शर्मा लामिछाने -धौलागिरि सपिङ्ग सेन्टर) राजन गुरुङ्ग (गुरुङ फोटो स्टुडियो), कृष्णप्रसाद रेग्मी (श्रीकृष्ण प्लाष्टिक पसल) रहनुभएको छ ।
त्यसैगरी शेरबहादुर चोचाङ्गी पुन मगर धौलागिरि मम रेष्टुरेन्ट, नारायण पौडेल (कैलाश सपिङ्ग सेन्टर), मिनप्रसाद शर्मा (पर्वत प्याथोलोजी) दिपक अधिकारी (न्यू एमवी विद्युतिय सप्लायर्स), कृष्णप्रसाद श्रेष्ठ (होटल बन्दना), प्रदिप तिमिल्सिना (न्यू जयदुर्गा स्टेशनरी), दुर्गा प्रसाद शर्मा सरोज (सुस्मा जनरल स्टोर्स), रमेश पौडेल (जयदुर्गा स्टेशनरी), ज्ञानेन्द्रकुमार जोशी (संगम प्लाई एण्ड ग्लास हाउस), विश्वराज श्रेष्ठ (पुलचोक किराना स्टोर्स), थानेश्वर पौडेल -बरेङ किराना स्टेर्सा) , कमल लामिछाने (लामिछाने टेलरिङ्ग) ,केदार के.सी. (रेनुका लोकल मार्ट) र गणेशकुमार श्रेष्ठ (श्रेष्ठ टेलरिङ्ग) रहनुभएको छ ।
यो समुहले आफुहरु सवैको साझा र विशुद्ध उद्योग, व्यावसायमा लागेका व्यापारीहरुको समुह भएकाले मतदान गरी बिजयी गराउन आग्रह गरेकको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!