प्रमुख समाचार

पर्वतबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनौट (नामावलीसहित)

By लोकतन्त्र अनलाईन

November 14, 2021

पर्वत –  नेकपा एमालेको दशौ महाधिवेशनमा पर्वतवाट सहभागि हुने प्रतिनिधि सर्वसम्मत रुपमा छनौट भएका छन् । लामो समयको छलफलपछि सर्वसम्मत रुपमा छनौट कार्य टुंगिएको हो । पर्वतवाट १३ जना सहभागि हुन पाउनेछन् । जसमा खुल्लातर्फ गोबिन्द पहाडी, पदम गिरी, पदमपाणी शर्मा, विकास लम्साल, भक्त कुँवर, मित्रलाल बस्याल र राजुप्रसाद पौडेल रहनुभएको छ । महिला तर्फ अनिता कुमारी रेग्मी, कमला कुमारी पन्त र शारदा कुमारी शर्मा छनौट हुनुभएको छ । त्यसैगरी दलित खुला तर्फ मनोहर वि पौडेल र शिवलाल सार्की तथा दलित महिला तर्फ शर्मिला नेपाली छनौट हुनुभएको छ । महाधिवेशन प्रतिनिधिका लागि ४६ जनाको उम्मेदवारी परेपनि कार्यदलले सर्वसम्मत रुपमा टुंगाएको हो ।