कुश्माको मुस्ताङ होटल संचालक तुलाचन मृत फेला - News site from Nepal
कुश्माको मुस्ताङ होटल संचालक तुलाचन मृत फेला

पर्वत- बिहीवार विहानदेखि सम्पर्कबिहीन बनेका पर्वतको कुश्माका एक होटल व्यावसायी मृत अवस्थामा फेला परेका छन् ।
मुस्ताङ होटलका संचालक गजेन्द्र तुलाचन शुक्रवार दिउँसो बागलुङ नगरपालिका वडा नं. १० डबल्याङमा मृत फेला परेका हुन् । उनि झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बिहीवार विहान ६ बजे मणर्िङवाकका लागि निस्किएका तुलाचन दिउँसो अवेरसम्म घर नफर्किएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजी गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले आज दिउँसो मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार घटनाका बारेमा थप अनुसन्धान भैरहेको छ । मृतक तुलाचनको शब पोष्टमार्टमा लागि जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!