पर्वतको दुक्तानमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना - News site from Nepal
पर्वतको दुक्तानमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना

पर्वत- पर्वतको महाशिला गाउँपलिका वडा नं. ५ दुक्तानमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको छ ।
स्वास्थ्य संस्थाको पहुँचवाट टाढा रहेका नागरिकहरुलाई घरदैलोमै स्वास्थ्य सुविधा उपलव्ध गराउने गाउँपालिकाको योजना अन्तर्गत दुक्तानमा स्वास्थ्य ईकाई स्थापना गरिएको हो । लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा पुग्न धेरै समय लाग्ने र उक्त केन्द्रको पहुँचवाट सवैभन्दा टाढा रहेको गाउँ भएकाले इकाई स्थापना गरिएको हो ।
स्वास्थ्य ईकाई महाशिला -५ का वडाअध्यक्ष तथा पालिकाका प्रवक्ता जीवन बिक्रम उचैले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उच्चैले गाउँपालिकाले आधारभुत स्वास्थ आफ्नो घरबाट कम्तीमा आधा घन्टामा सेवा प्राप्त गर्न सकिने संविधानले आधरभुत स्वास्थ लाई मैलिक हकमा उल्लेख्य गरेकोले उक्त हक को कार्यनयन ३ तहको सरकारले गर्दै महाशिला गाउँपालिकाले कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले सस्थागत सुत्केरी सेवा गाउँपालिकका घोषणाको तयारी, महाशीलामा अस्पताल निर्माण कार्यलाई युद्ध स्तरमा अघि बढाएको बताउँदै आमा र शिशु सुरक्षीत मातृत्व कार्यक्रम अन्तर्गत अध्यक्ष सुत्केरी कोसेली कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँले बिधालय दिवा खाजा कार्यक्रम राष्ट्रिय कार्यक्रममा परेको बताउँदै गाउँपालिकाले क्रमश समृद्ध बन्दै गएको बताउनुभयो ।
उक्त स्वास्थ्य इकाईमा एक अहेव एक अनमी कार्यरत रहने भएका छन् ।
कार्यक्रममा गाउ कार्यपालिका सदस्य धनसुबा बिक, प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सुस्मिता पौडेलm होश्राङ्दी स्वास्थ चौकी प्रमुख रामप्रसाद काफ्ले लगायतले बोल्नुभएको थियो । वडा नं. ५ का सदस्य याम गुरुङको अध्यक्षतामा भएकोकार्यक्रमको संचालन गाउँपालिकाका स्वास्थ शाखा प्रमुख नर बहादुर बरालले गर्नुभएको थियो भने स्वागत टोल बिकास संस्थाका अध्यक्ष भिम गुरुङले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!