पर्वतको ठुलीपोखरीका मृगौलापिडित परियारलाई प्रवासीको सहयोग - News site from Nepal
पर्वतको ठुलीपोखरीका मृगौलापिडित परियारलाई प्रवासीको सहयोग

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीका मृगौला पिडित युवालाई प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।
दुवै मृगौला फेल भई उपचाररत विष्णु परियारलाइर्् आर्थिक समस्या बढ्दै गएपछि विदेशमा बस्ने प्रवासी नेपालीहरुको सहयोगमा संकलित रकम रु. १ लाख २ हजार रुपयाँ हस्तान्तरण गरिएको हो ।
स्थानीय सामाजिक अभियान्ता काशी सुनारको पहलमा संकलन गरिएको सो रकम कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछाने, र माओवादी केन्द्रका युवा नेता शंकर गिरीले संयुक्त रुपमा उक्त रकम पिडित परियारलाई हस्तातरण गरेका छन् ।
लामो समय भारत र धौलागिरी बस व्यवसायी समितिमा रहेर सवारी चालकको रुपमा काम गरिरहेका परिवार अहिले कुनपा-४ मा बस्दै आएका छन् । ड्राईभर पेशाको भरमा परिवार पाल्दै आएका परिवारमा आर्थिक संकटले उनको ज्यानै जोखिममा परेको छ ।
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचार खर्च जुटाउन उनका परिवारलाई धौधौ परिरहेको छ । उपचारखर्च जुटाउन उनका आफन्त छिमिकीहरुले पनि साथ दिईरहेका छन् । उक्त रकमले नियमित उपचारमा केहि सहज हुने पिडित परियारले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!