
पर्वत – प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालय प्रहरी घेरा भित्र बन्द थियो । संसद विघटन पछि दुई समूहमा बाँडिएका नेकपाका नेता कार्यकर्ताहरु मध्ये पाटी कार्यालय कस्को हुने भन्ने विवाद आउनसक्ने भन्दै प्रहरी घेरा भित्र रहेको कार्यालय सर्वोच्चको आदेशको भोलिपल्ट नेकपा एमालेका कार्यकर्ताले खोलेका छन् । कार्यालय खुल्ला गर्दै नेकपाको बोर्ड हटाएर उनीहरुले नेकपा (एमाले)को बोर्ड समेत राखेका छन् । पर्वतमा नेकपाले प्रयोग गर्दै आइरहेको पाटी कार्यालय एमालेको पाटी कार्यालय थियो ।
सर्वोच्च अदालको आदेशको भोलिपल्ट नै एमालेका कार्यकर्ताले आफ्नो पार्टी कार्यालय खुल्ला गरेका हुन् । उनीहरुले नेपाल कम्युनिष्ट पार्टी लेखेको बोर्ड हटाएर नेकपा (एमाले) राखेका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान मार्फत उक्त कार्यालयको निर्माण गरिएको हो । अव एमाले पार्टीको पूर्ववत अवस्थामा गतिविधिहरु सञ्चालन हुने युवा संघ पर्वतका अध्यक्ष थमनारायण पौडेलले जानकारी दिए । एमालेको पाटी कार्यालयमा कसैले पनि आँखा नलगाउन युवा संघ पर्वतका सचिव नवराज गिरीले चुनौति दिए । सर्वोच्च अदालतको उच्च सम्मान गर्दै पूर्ववत अवस्थाको एमालेमा सवै कार्यकर्ता फर्कन तयार रहेको पार्टी उप सचिव गोविन्द पहाडी बताउँछन् ।
तत्कालीन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र वीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पाटीको गठन भएको थियो । हिजो मार्फत सर्वोच्च अदालले नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको अर्कै पाटी यस अघि नै दर्ता भइसकेको हुँदा नयाँ पाटी दर्ता खारेजीको निर्णय गरेको हो । योसंगै जिल्लामा रहेका नेकपा एमालेका कार्यकर्ता भने उत्साहित बनेका छन् । पार्टी एकता गरे पनि एकताको मर्म बमोजीम चल्न नसेकेका कारण कार्यकर्ताहरु एमालेकै संरचनामा रमाउन चाहेको युवा संघ पर्वतका केन्द्रिय सदस्य बिमल लामिछाने बताउँछन् ।
यस अघि संसद विघटन पछि एमालेका नेता तथा कार्यकर्ताहरु दुई भागमा बाँडिएका थिए । केहि नेता तथा कार्यकर्ताहरु केपी ओली पक्षमा थिए भने कतिपय नेता तथा कार्यकर्ताहरु प्रचण्ड समूहमा लागेका थिए । पूर्ववत अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र पाटी नै पुर्नस्थापीत भएपछि माओवादी केन्द्रका नेताहरु भने असन्तुष्ट बनेका छन् ।