
पर्वत- पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा नेपाली काँग्रेसका कार्यकर्ताहरुको भेला तथा अन्तरक्रिया कार्यक्रम भएको छ । उक्त कार्यक्रममा पिपलटारीमा नेकपामा लामो समयसम्म क्रियाशिल करिव ६० भन्दा बढि व्याक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेसमा प्रबेश गर्नेहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले पार्टीको साधारण सदस्यता वितरण गर्नुभयो । जोशीले अहिले सम्म पिपलटारीलाई कम्यूनिष्ठले लालकिल्ला बनाएर राख्दा विकासमा पछाडी परेको बताउँदै अब लालकिल्ला तोडेर काँग्रेसमय बनाउन जोशीले आग्रह गर्नुभयो । स्थानीयलाई कम्यूनिष्ठहरुको झुठो आस्वाशनमा नभई काँग्रेसको स्वच्छ राजनीतिक यात्रामा समाहित हुन जोशीले आव्हान गर्नुभयो ।
‘तपाईहरु कसैको बधुँवा पशु होईन,’ जोशीले भन्नुभयो,‘ कम्युनिष्ठको झुठको जालो फाडेर आउने यहाँहरुलाई काँग्रेसमा स्वागत गर्छु ।’ जोशीले कम्यूनिष्टहरुले जनता संग गरेको झुठो बाचा अहिले आएर उदांगो भएको बताउनुभयो । उनीहरु संधै सत्ताको मोजमस्तीमा रमाउने तर जनतालाई ढाँटिरहने कुरामा विश्वास गर्ने बताउँदै जोशीले काँग्रेस भने जनताको सुखदुखमा साथी बन्दा आत्मासन्तुष्टि हुने बिचार राख्नुभयो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधी एवं कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले पिपलटारीका बासिन्दाले कम्यूनिष्ठको लालकिल्ला भत्काईदिने चेतावनी दिनुभयो । उहाँले पिपलटारीको विकासमा संधै काँग्रेस नेतृत्व जुटेको बताउनुभयो ।
लामिछानेले विकास र समृद्धिको सपना काँग्रेसले मात्रै पुरा गर्ने बताउनुभयो । उक्त कार्यक्रममा नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष एवं निर्माण व्यावसायी विभागका केन्द्रिय सदस्य शिवशर्मा अधिकारी, नेपाली काँग्रेसको बाणिज्य तथा यातायात व्यवस्था विभागका केन्द्रिय सदस्य शिवप्रसाद सुबेदी, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य कुलप्रसाद पाध्या, पर्शुराम पुरी, क्षेत्रीय सचिव एवं कुश्मा नगरपालिका ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछाने, टे्रड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, महिला संघका जिल्ला अध्यक्ष मुना शर्मा लामिछाने, महिला संघ कुश्मा नगरसमितिका अध्यक्ष संगीता लामिछाने अधिकारी, नेपाली काँग्रेस पिपलटारीका पूर्व सभापती नरवहादुर केसी, स्थानीय नेता लक्ष्मी सापकोटा लामिछाने, काशीनाथ पौडेल, पुरुषोत्तम लामिछाने लगायतले बोल्नुभएको थियो ।
नेपाली काँग्रेस पिपलटारीका सभापति विष्णुहरी तिवारीको सभापतित्वमा भएको कार्यक्रमको स्वागत उपसभापती लोकप्रसाद अधिकारी र सञ्चालन सचिव प्रताम लामिछानेले गर्नुभएको थियो ।