पर्वतमा नवआगन्तुक सिडीओ खत्री – ‘भ्रष्टाचारमा जिरो टोलरेन्सको निति अबलम्वन गर्छू’ - News site from Nepal

पर्वत- पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लामा भ्रष्टाचार न्यूनिकरणमा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भ्रष्टाचारमा शुन्य शहनशिलताको नीति अबलम्वन गरिने बताउँदै आफुपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि यस्तो कार्य गर्न नदिने उहाँको भनाई थियो । नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खत्रीले आइतवार जिल्लाका पत्रकारहरुसँगको भेटमा भन्नुभयो भष्टाचारमा जिरो टोलरेन्सको निति अवलम्वन गरिन्छ ।
पहिला आफ्नै कार्यालयवाट उक्त अभियान थाल्ने र जिल्लाका सवै सरकारी निकायमा हुने अनियमितता, भ्रष्टाचार न्यूनिकरण गरी सुशासन कायम गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । खत्रीले सरकारी कार्यालयका सेवाहरुलाई चुस्त र प्रभावकारी बनाउने बताउँदै पहिलो शुरुवात आफ्नै कार्यालयवाट गरिने बताउनुभयो । सेवाग्राहीहरुले जतिसक्दो छिटो सेवा सुविधा पाउन भन्नेमा आफु रहेको बताउनुभयो । उहाँले कानून, ऐन नियम अनुसार जिल्लामा रहेर आफुले काम गर्ने बताउँदै कानूनले बर्जित गरेका कुराहरु कुनैपनि दबाब र प्रभावको भरमा नगर्ने बताउनुभयो ।
विकास निर्माणका कामलाई नियमित सुचारु, ट्राफिक व्यवस्थापन, सेवा प्रवाहमा छिटो छरितो, बजारमा हुने कृत्रिम अभाव लगायत मूल्यबृद्धिको नियन्त्रण लगायत गैरकानूनी क्रियाकलापहरुमा सुरक्षा निकायहरुको समन्वयमा काम गरिने उहाँको भनाई रहेको छ । कार्यक्रममा पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीले जिल्लाको समग्र क्षेत्रको विकासमा पत्रकार महासंघ प्रशासनसँग समन्वय गरेर अघि बढिरहेको बताउँदै आगामी दिनमा पनि आवश्यक सहकार्य र समन्वयका लागि तयार रहेको बताउनुभयो ।
सो अवसरमा सञ्चारकर्मीहरुले जिज्ञाशाहरु समेत राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!