नेकपा (प्रचण्ड-माधव) समुह पर्वतद्धारा प्रधानमन्त्रीलाई बिरोधपत्र पेश - News site from Nepal

पर्वत- नेकपा (प्रचण्ड-माधव) समुह पर्वतद्धारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोधपत्र पेश गरेका छन् ।
पौष ५ गतेको असंवैधानिक कदमको घोर विरोध तथा भत्र्सना गर्दै प्रतिनिधि सभा सुचारु गर्न माग सहित विरोध पत्र पेश गरिएको हो । ठुलो बलिदानीपुणर् संघर्षवाट प्राप्त गरिएको ऐतिहासिक राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षा गर्न तथा वर्तमान असंवैधानिक कदम तथा सवै प्रकारको प्रतिगामी षडयन्त्रलाई असफल पार्न जुनसुकै कदम चाल्न पनि तयार रहेको विरोध पत्रमा चेतावनी दिईएको छ ।
नेपालको संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विगठन गर्ने कुनै अधिकार नदिएको भन्दै संविधानको संवन्धित धारा पुनः अध्ययन गर्न विरोधपत्रका साथ धाराको प्रति समेत पठाईएको छ नेकपा (प्रचण्ड-माधव) समुहका युवा नेता शंकर गिरीले जानकारी दिनुभयो । विरोध पत्रमा राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधि सभा सुचारु गरी संविधानलाई कृयाशिल बनाउने पक्षमा आउन अनुरोध गरिएको छ ।
नेकपाका जिल्ला सचिब सुदिप कुँवरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई ज्ञापन पत्र पेश गरेको हो । बिरोध पत्र नेकपा -प्रचण्ड-माधव समुहका नेता भक्त कुँवरले पढेर सुनाउनुभएको थियो ।
सो अवसरमा प्रजिअ रेग्मीले उक्त पत्र तत्काल सम्वन्धित निकायमा पठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस अघि आजै (प्रचण्ड-माधव) समुह निकट अनेरास्ववियू पर्वतले पनि प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । अनेरास्ववियूका केन्द्रीय सदस्य विजय सापकोटा र जिल्ला अध्यक्ष तेजप्रसाद चापागाईको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र पेश गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!