पर्वतको कुस्मा नगरपालिकामा अनेरास्ववियुको संगठन विस्तार र सदस्यता वितरण अभियान - News site from Nepal

पर्वत – नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले पर्वतको कुस्मा नगरपालिकाका शैक्षिक संस्थामा संगठन विस्तार र सदस्यता वितरण अभियान सञ्चालन गरेको छ ।

केही बर्ष देखि अनेरास्वबियुको सांगठनिक रुपमा निस्कृय रहेका शैक्षिक संस्थामा  संगठन बिस्तार गर्ने उदेश्यले अभियान सञ्चालन गरेको हो ।
अभियान कुस्मा नगरपालिकाको दुर्लुङ्गबाट शुरु भएको छ । अनेरास्वयिबुका केन्द्रिय सदस्य शेखर पौडेलको नेतृत्वमा सोमबार सम्म कुस्मा नगरपालिकाका ८ वटा बिद्यालयमा संगठन बिस्तार भएको छ ।
केन्द्रिय सदस्य पौडेलका अनुसार कुस्मा नगरपालिका ३ दुर्लुङ्ग स्थित काफलचौर माबिमा साबित्री पौडेलको नेतृत्वमा ५१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको छ भने दुर्लुङ कै सुर्यप्रकाश माबिमा सुदिन पोखरेलको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन भएको छ।
कुस्मा नगरपालिका १४ आर्थरको पञ्चकोशी माबिमा रजनी पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरिएको छ भने जनता सुर्दशन माबि ठुलीपोखरीमा नानुमाया सुनारको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको छ । यसैगरी खौलालाँकुरी माबि खौलामा सुवास चालिसेको नेतृत्वमा ३१ सदस्यीय कमिटी गठन गरिएकोछ ।
यस्तै कुस्मा नगरपालिकाकै वडा न १० पिपलटारीको पुर्णेश्वर माबिमा अनमाल शर्माको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन भएको छ भने जनक माबिमा बिन्दु लामिछानेको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन भएको छ । सार्वजनिक माबि कटुवाचौपारीमा मोनिका लामिछानेको अध्यक्षमा २१ सदस्यीय कमिटी गठन गरिएको छ ।
संगठन बिस्तार अभियानमा बोल्दै अनेरास्वबियुका केन्द्रिय सदस्य शेखर पौडेलले बिद्यार्थीहरुका लागि राजनैतिक चेत तथा चेतना आवश्यक भएको बताउँदै भबिश्यका कर्णधार बिद्यार्थीले राजनिती नगर्ने हो भने आफुँ भन्दा अयोग्यबाट शासित हुन तयार हुनुपर्नै कुरामा जोड दिए ।  विद्यार्थीको हकहित र शिक्षालाई गुणस्तर बनाउन पहेदार गर्न अनेरास्ववियु उदाएको बताउँदै पौडेलले  शिक्षाको विकास संगै विद्यार्थीमा जागरुकता ल्याउन अनेरास्ववियुले महाअभियान सुरु गरेको जानकारी गराएका थिए । अब अनेरास्वबियु
सहरमा मात्र नभई गाउँगाउँमा विगुल फुक्न निस्केको भनाई पौडेलको थियो ।
अभियानमा अनेरास्वबियु पर्वतका जिल्ला कमिटी सदस्यहरु सुजन पौडेल र प्रभु सुबेदीले पनि बोल्नु भएको थियो । अभियानका क्रममा कुस्मा नगरपालिका भित्रका सबै क्याम्पस र बिद्यालयमा संगठन बिस्तार गरिने केन्द्रिय सदस्य पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2022 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!