पर्वत उद्योग बाणिज्य संघको आगामी अध्यक्षमा शिव शर्मा पौडेलको उम्मेदवारी - News site from Nepal

पर्वत- पर्वत उद्योग बाणिज्य संघको आगामी अध्यक्षका लागि प्रजातान्त्रिक, समावेशी समुहवाट शिव शर्मा पौडेलले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
संघको १७ औ अधिवेशन अन्र्तगत आगामी चैत्र ७ गते कुश्माबजारमा निर्वाचन हुँदैछ । उद्योग, व्यावसाय क्षेत्रमा लामो समयदेखि क्रियाशिल पौडेलले अबको अध्यक्षमा आफुलाई अघि सार्नुभएको हो ।


विगत २३ बर्षदेखि उद्योग बाणिज्य संघमा काम गर्दै आएका शितल डेरी उद्योगका सञ्चालक शिव शर्मा पौडेलको नेतृत्वमा प्रजातान्त्रिक समुह प्रतिष्पर्धामा जुट्ने भएको छ । विगतमा टुटफुटले गर्दा नेतृत्व फुत्किएपनि यसपटक पनि प्रजातन्त्रबादी उद्योगी, ब्यापारीहरु एकढिक्का देखिएका छन् ।
कुश्मा नगरपालिका वडा नम्बर ९ कटुवाचौपारी घर भएका अध्यक्ष पदका उम्मेदवार पौडेलले झण्डै तीन दशकदेखि कुश्माबजारमा शितल डेरी उद्योग सञ्चालन गर्दै आएका छन् । घरेलु तथा साना उद्योग महासंघ पर्वतको अध्यक्षलगायत दर्जनौ संघसंस्थामा आबद्ध र नेतृत्व गर्दै आएका पौडेलले लामो समयदेखि पर्वत जिल्लामा पर्यटन भित्राउनका लागि पर्यटन प्रर्बदनको काममा समेत सक्रिय रहदै आएका छन् ।
पर्वत जिल्लामा कुश्मा-ज्ञादी जोड्ने बिश्वकै अग्लो पुल निर्माण भएपछि मात्रै पर्यटकहरु आउने क्रम बाक्लिएको हो । २०६५ सालमा तत्कालिन अवस्थामा पर्वत उद्योग बाणिज्य संघको सदस्य पदमा कार्यरत पौडेलले कुश्मा-ज्ञादी अग्लो झोलुङ्गे पुल निर्माण समितिको अध्यक्ष भएर काम गरेका थिए ।
पौडेलकै नेतृत्वमा पर्वतका मुख्य पर्यटकीय क्षेत्रको अवलोकन तथा पर्वतमा कसरी बढीभन्दा बढी पर्यटक भित्राउन सकिन्छ, पर्यटकीय क्षेत्रको विकास तथा प्रबद्र्धन गर्न सकिन्छ भनेर सम्बन्धित निकायमा पहल हुँदै आएको छ । उहाँले आफु निर्वाचित भएपछि जिल्लाको उद्योग, व्यावसाय, पर्यटनको क्षेत्रको विकासमा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँको समुह यतिवेला सदरमुकाम र सदरमुकाम बाहिर प्रचारप्रसारमा जुटेको छ ।
उता समावेशी साझा समुहवाट गोपी अधिकारीले आगामी अध्यक्षका लागि शनिवार उम्मेदवारी घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!