पर्वतमा नवआगन्तुक सिडीओ पाण्डे र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुङलाई स्वागत - News site from Nepal

पर्वत- पर्वतमा नवआगन्तुक प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्री र कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङलाई पर्वत उद्योग बाणिज्य संघले स्वागत गरेको छ ।
शनिवार विहान एक कार्यक्रमको आयोजना गरी दुवै नवआगन्तुक प्रमुखहरुलाई स्वागत गरिएको हो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले जिल्लाको समग्र विकासमा निजि क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो । सवैको आ-आफ्नै नियम, कानून र व्यवस्था रहेको बतउँदै कानूनभित्र रहेर काम गर्न उहाँले आग्रह गर्नुभयो । दैनिक प्रशासनिक सेवा सँगै जिल्लाका समग्र शान्ति क्षेत्रको विकासमा हातेमालो गर्दै अघि बढ्ने उहाँको प्रतिवद्धता रहेको थियो ।
त्यसैगरी कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुमानसिंह गुरुङले कुश्मा नगरपालिका निजि क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्दै आएको बताउँदै आगामी दिनमा पनि आवश्यक समन्व्य र सहकार्य गरिने बताउनुभयो । समग्र नगरको विकासमा उद्योग बाणिज्य संघ र नगरपालिका मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जिल्लाको समग्र अवस्था र उद्योग ब्यापार व्यावसायका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको संचालन महासचिब गणेश लामिछानेले गर्नुभएको थियो भने धन्यवाद मन्तव्य बरिष्ठ उपाध्यक्ष गोपि अधिकारीले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!