क्यान पर्वतको पाँचौ बार्षिक साधारण सभा तथा कार्यालय स्थापना सम्पन्न - News site from Nepal

पर्वत – कम्प्यूटर एशोसियसन महासंघ नेपालको केन्द्र र प्रदेशको तालिकका अनुसार क्यान पर्वतको पाँचौ बार्षिक साधार सभा सम्पन्न भएको छ ।
कम्प्यूटर एशोसियसन महासंघ नेपालको केन्द्रिय सदस्य कुमार पौडेलको प्रमुख आतिथ्यतामा, क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रम संयोजक एंव क्यान पर्वतका सदस्य उत्तम के.सी.ले स्वागत मनतब्य राख्नु भएको थियो ।
क्यान गण्डकीका अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले शुभकामना मनतब्य राख्नु भएको थियो । धन्यवाद मनतब्य क्यान पर्वतका संस्थापक अध्यक्ष राजु पौडेलले राख्नु भएको थियो समापन मनतब्य क्यान पर्वतका अध्यक्ष खडकबहादुर गुरुङ (मदन) ले गर्नु भएको थियो भने संचालन क्यान पर्वतका सह-सचिब मिलन पौडेलले गर्नु भएको थियो । आजको दिनमानै पर्वत क्यानले ग्लोरी कम्प्यूटर वर्ल्डमा आफ्नो कार्यालय स्थापना गरेको छ । कार्यालयको उद्घाटन क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डेले रिबन काटी गर्नु भएको थियो ।
उक्त कार्यालयमा ४० हजार रुपैया बराबरको फर्निचर क्यान गण्डकीको अध्यक्ष तुलसी पाण्डे र क्यान गण्डकीको निबर्तमान अध्यक्ष चिन्तामणी बास्तोलाले सहयोग गर्नु भएको थियो भने कार्यालयको ब्यवस्थापनको लागि कोठा ३ बर्षको लागि पर्वत क्यानका निबर्तमान अध्यक्ष गोपिनाथ तिमिल्सिनाले निशुल्क उपलब्ध गराउनु भएकोछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!