मनकारी प्रशासकिय अधिकृत क्षेत्री ः व्यक्तिगत सहयोगमा विद्यार्थीलाई शैक्षिक सामाग्री र टिफिन सहयोग - News site from Nepal

पर्वत- पर्वतको मोदी गाउँपालिका वडा नं. ५ बाजुङ्गमा अवस्थित जनआदर्श आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई टिफिन तथा २० जना विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको छ ।
मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले आफ्नो व्यक्तिगत खर्चमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टिफिन र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीे सहयोग गर्नुभएको हो ।
आफुले कक्षा १ देखि ८ सम्म अध्ययन गरेको विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई थोरै भएपनि राहत पुगोस् भनेर व्यक्तिगत खर्चमा उक्त सामाग्री वितरण गरेको क्षेत्रीले बताउनुभयो । सामाग्रीहरु क्षेत्रीका बुवा धनबहादुर क्षेत्री तथा आमा धन कुमारी क्षेत्रीको हातबाट विहीवार एक कार्यक्रम गरी वितरण गरिएको हो ।


नेपाल सरकारले प्रावि तहमा दिवा खाजा कार्यक्रमको सुरूवात गरेसँगै खाजा कार्यक्रममा सहयोग हुने गरि प्रावि तहका सवै विद्यार्थीलाई टिफिन वितरण गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले सोही विद्यालयमा एक वर्ष अगाडि एक थान प्रोजेक्टर समेत उपलब्ध गराउनु भएको थियो । आफुले अध्ययन गरेको र आफ्नै जन्मस्थानको विद्यालयमा केहि योगदान गर्ने उद्धेश्यले सहयोगको अभियान थालेको बताउँदै यसले अन्य पूर्व विद्यार्थीहरुलाई पनि विद्यालयप्रतिको सद्भावका लागि उत्प्रेरणा जागृत हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त शर्माले बताउनुभयो ।
सोहि अवसरमा उक्त विद्यालयमा मिलन फाउण्डेसनले कक्षा १ देखि ८ सम्मका का सबै विद्यार्थी र शिक्षक शिक्षिकालाई समेत न्यानो कपडा वितरण गरेको छ । मिलन फाउण्डेसनले विभिन्न जिल्लाका शिक्षा तथा स्वास्थ्य क्षेत्रमा विभिन्न सहयोग गरिरहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त शर्माको अध्क्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि मिलन फाउण्डेसनकी संरक्षक सावित्री गुरूङ्ग तथा विशिष्ट अतिथि मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्री रहनुभएको थियो । कार्यक्रमको सञ्चालन लक्ष्मण शर्माले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!