पर्वतको साईकलचोक-गहतेपोखरा- ठुलीपोखरी सडक स्तरोन्नती गर्न थप १ करोड बिनीयोजन - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरापालिका भित्र रहेको साईकलचोक-गहतेपोखरा-ठुलीपोखरी सडकका लागि थप बजेट बिनीयोजन भएको छ । यसै आर्थिक वर्षभित्र काम शुरु हुनेगरी संघीय सरकारवाट रु १ करोड बिनीयोजन भएको हो ।
उक्त बजेटले झण्डै एक किलोमिटर सडक कालोपत्रे हुने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलमा बजेट बिनीयोजन भएको र यसै वर्षदेखि काम शुरु हुने नेकपा एमालेका नेता किशोर सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी वर्षभित्र ठुलीपोखरीको पौडेल चोक सम्म कालोपत्रे गर्ने गरी सडक निर्माणलाई तीब्रता दिईएको छ । यस वर्ष थप भएको बजेटले कुश्मा नगरापलिकाको वडा नं. १० पिपलटारी र ठुलीपोखरकिो सिमानासम्म कालोपत्रे हुने अनुमान गरिएको छ ।
सडक स्तरोन्नतीका लागि बजेट थप भएपछि उक्त क्षेत्रका नागरिकहरु उत्साहित बनेका छन् । यो सडक कालोपत्रे भएपछि पिपलटारी, ठुलीपोखरी, खौलालाकुरी, कार्कीनेटा लगायतका बासिन्दा प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!