विद्यार्थी धमाधम विरामी पर्न थालेपछि पर्वतको आर्थरस्थित पञ्चरत्न प्रावि बन्द - News site from Nepal

पर्वत – मौसम परिवर्तन सँगै विद्यार्थीहरु धमाधम बिरामी पर्न थालेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. १४ आर्थरमा रहेको पञ्चरत्न प्राथमिक बिद्यालय एक साताका लागि बन्द गरिएको हो । विद्यार्थीमा एकाएक स्वास्थ्यमा समस्या देखिन थालेको छ । बिद्यालयमा अध्ययन गर्ने शिशुकक्षा देखि ३ कक्षा सम्मका केहि बिद्यार्थीहरुमा एक्कासी स्बास्थमा समस्या आउन थालेको बिद्यालयले जानकारी दिएको छ । विद्यार्थीहरुमा हल्का ज्वरो आउने, शरिर काप्ने, खोकि लाग्ने र आँखा रातो हुने जस्ता समस्या आउन थालेको बिद्यालयका प्रध्यानाध्यपक नारायण गौतमले जानकारी दिनुभयो । गत बुधबार देखि बिद्यालयमा आएका विद्यार्थीहरुमा यस्तो समस्या आएको भएपनि शुक्रबार धेरै बिद्यार्थीमा एकैपटक समस्या देखिएसंगै बिद्यालयले वडामा रहेको स्बास्थ चौकि तथा नगरपालिकाको स्वास्थ शाखामा खबर गरेको थियो ।
शिक्षकले पढाइरहेका बेला कक्षाकोठामा विद्यार्थी एक्कासि बिरामी हुने अबस्था आएको बिद्यालयका प्रअ गौतमले जानकारी दिनुभयो । विद्यार्थी बिरामी परेको खबरपछि स्वास्थ्यकर्मि सहित पुगेको कुश्मा नगरपालिकाको टोलीले उनिहरुको स्वास्थ्य परिक्षण गरि आवश्यक औषधी वितरण गरेको छ ।
मौसमी फ्लुका कारण विद्यार्थीहरु विरामी परेको हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । बिद्यालयमा रहेका ७२ जना बिद्यार्थी मध्ये २५ जना बिद्यार्थीको स्वास्थ्यमा समस्या आएको प्रअ गौतमले जानकारी दिनुभयो ।
दैनिक विद्यार्थीको स्वास्थ्य समस्या बढदै गएपछि शुक्रबार कुश्मा नगरपालिकाका नगर शिक्षा प्रमुख विष्णु तिवारी सहित स्वास्थ्य कर्मी र जनप्रतिनिधिको टोली पुगेर विरामीहरुको परिक्षण गरेको हो ।
नगरपालिकाका सामाजिक शाखा संयोजक शिब पौडेल सहित कुश्मा नगरपालिका स्वास्थ्य शाखाका उप प्रमुख यामनाथ शर्मा नेपाल बाल संगठन पर्वतका सभापति अर्जुन पौडेल लगायतको टोलीले बिद्यालय परिसरमै पुगी स्थलगत अनुगमन समेत गरेको छ ।
नगरपालिकाका स्वास्थ्य शाखाका यामनाथ शर्माका अनुसार प्रारम्भिक रुपमा हेर्दा बिद्यार्थीहरुमा रुघाखोकीको समस्या देखिएको र अन्य खालको समस्या नरहेको बताउँदै यो मौसम परिवर्तनका बेला हुने फ्लु भएको बताउनुभयो । उहाँले आराम गर्ने, ताजा र झोलिलो खानेकुराहरु खाने गरेमा केहि दिनमा निको हुने बताउँदै विद्यार्थीहरुलाई केहि औषधी समेत दिईएको बताउनुभयो । विद्यालयका ३१ जना विद्यार्थीको स्वास्थ्य परिक्षण गरिएको थियो । धेरै बिद्यार्थीमा समस्या आएपछिकक्षा ३ सम्म एक साताको लागि पठनपाठन बन्द गर्ने र ४ र ५ कक्षाको पढाईलाई भने निरन्तरता दिने निणर्य समेत भएको प्रअ गौतमले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!