नेपाल कम्युनिष्ट पार्टी नेकपाको कुश्मा नगर कमिटि पुर्नगठन, अध्यक्षमा श्रेष्ठ - News site from Nepal

पर्वत – नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली पक्षीय वैठक सम्पन्न भएको छ । नगरपालिका स्तरीय वैठकले कमिटिका सचिव मिनप्रसाद श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको छ । पर्वतको कुश्मा बजारमा सम्पन्न नगरपालिका स्तरीय वैठकले सचिव श्रेष्ठलाई नगरको अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । कमिटिका सचिवमा गणेश पौडेल चयन भएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभाका सांसद पदम गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न वैठकमा अध्यक्ष गिरीले देशको समसामयीक राजनैतिक परिवेशको विषयमा स्पष्ट पारेका थिए । वैठकमा सहभागी नेताका अनुसार अध्यक्ष गिरीले मुल धारको पार्टी ओली पक्ष नै रहने गरी आयोगले निर्णय गर्ने जानकारी दिए । उनले वैठकमा बोल्दै ओली सरकारलाई हटाउन पर्ने स्पष्ट कारण प्रचण्ड माधव समूहसंग नरहेको समेत प्रष्ट पारे ।

जनताको पक्षमा काम गरेको, भारतसंग राष्ट्रिय अस्मियता जोगाएको र विकास निर्माणमा ठूलो फड्को मारेको वर्तमान सरकारले के कुरा नराम्रो गरेका कारण प्रधानमन्त्रीबाट हट्नुपरयो जनताले प्रश्न सोध्नुपर्ने गिरीको भनाई छ । उनले पाटीको आन्तरीक समस्याले देशलाई बन्धक बनाउने गरी अस्थिर सरकार बनाउने खेलमा दलका कुनै पनि नेताहरु लाग्न नहुने धारणा राखे । पार्टी एकता नै आजको आवश्यकता रहेको भन्दै शिर्ष नेताहरु मिलेर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने गिरीको भनाई थियो ।

वैठकले नगरस्तरीय समिति समेतको पुर्नगठन गरेको छ । पुर्नगठनमा नगरबाट जिल्ला कमिटि सदस्य भएकाहरुमा नयाँ सदस्य थप गर्ने समेत निर्णय गरेको छ । यसैगरी वैठकले नगरपालिका भित्रका सवै वडाहरुमा वडा भेला आयोजना गर्ने समेत कार्य योजना निर्माण गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अघि भेला सम्पन्न भएका ९ वटा बडा बाहेकका ५ वटा वडाहरुमा वडा भेला गरी समिति पुर्नगठन अभियान सञ्चालन हुनेछ । वैठकमा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि. पौडेल, केन्द्रिय सदस्य मेघनाथ सुवेदी तथा जिल्ला सचिव गोविन्द पहाडी तथा नगरपालिकाका जिल्ला कमिटि सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!