पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ५ का एक ५६ वर्षिय पुरुष र ५५ वर्षिया महिलामा संक्रमण पुष्टि भएको हो ।
उनिहरु दुवै जना कन्ट्राक्ट टे्रेसिङवाट पहिचान भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनिहरुलाई आइशोलेशनमा व्यवस्थापन गरिएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ३ सय ४५ पुगेको छ ।
हालसम्म तीन सय ३४ जना निको भैसकेका छन् भने ८ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!