पर्वतमा दोस्रो चरणमा साढे २९ हजार भन्दा बढिलाई कोरोना विरुद्धको खोप लगाईने - News site from Nepal

पर्वत- पर्वतमा दोस्रो चरणमा साढे २९ हजार भन्दा बढिलाई कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ ।
दोस्रो चरणमा जिल्लाका सातवटै स्थानीय तहका सवै स्वास्थ्य संस्थावाट ५५ वर्ष उमेर माथिका नागरिक, चालक तथा सहचालक र शिक्षक तथा विद्यालयका कर्मचारीहरुलाई खोप लगाउन थालिएको हो ।
यहि फागुन २३ गतेदेखि शुरु हुने दोस्रो चरणको खोप चार दिन सम्म लगाईने भएको छ । जसका लागि पर्वतका सवै स्वास्थ्य संस्थाहरुमा आवश्यक तयारी गरिएको छ ।
पर्वतमा ५५ वर्ष माथिका जेष्ठ नागरिक २२ हजार ६ सय ५० जना, शिक्षक ६ हजार जना, चालक तथा सहचालक १ हजार जना रहेको अनुमान गरिएको छ । उनिहरु दोस्रो चरणको प्राथमिकतामा परेका हुन् । यसका लागि सवै स्वास्थ्य संस्थाहरुमा जनशक्ति समेत व्यवस्थापन गरिसकिएको छ । उमेर खुल्ने प्रमाणसहित ५५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई खोप लगाईने स्वास्थ्य कार्यालय पर्वतका प्रमुख भोजराज गौतमले जानकारी दिनुभयो ।
बुधवार आयोजित एक कार्यक्रममा दोस्रो चरणको खोप अभियानको तयारीबारे जानकारी दिईएको हो । पहिलो डोज लगाएको १० देखि १२ हप्तामा दोस्रो डोज लगाउनुपर्ने हुन्छ । यस अघि पहिलो चरणमा लगाएकाहरुले आगामी वैशाख ७ गतेदेखि १५ गते सम्म र दोस्रो चरणमा लगाउनेहरुले जेठ ९ गतेदेखि अर्को डोज लगाउन पाउने पनि गौतमले जानकारी दिनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. डिवी क्षेत्री लगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!