पर्वतमा व्यावसायी र बैंकबीच अन्तरक्रिया, सहुलियतपुर्ण कर्जा लिन झण्झटिलो रहेको गुनासो - News site from Nepal

पर्वत- उद्योगी तथा व्यावसायिहरुलाई राज्यले प्रवाह गर्ने भनिएको सहुलियतपुणर् कर्जाका बारेमा पर्वतमा व्यावसायी र बैंक तथा वित्तिय संस्थाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
गण्डकी प्रदेश सरकारले कोभीडको चपेटामा परेका लघु घरेलु तथा साना उद्योग तथा व्यावसायको पनरुत्थानका लागि रु १५ लाख रुपैया सम्मको सहुलियतपुणर् कर्जा दिने तयारी गरेको छ । नेपाल घरेलु तथा सना उद्योग महासंघ पर्वतको आयोजनामा सम्पन्न अन्तरक्रियामा सहभागि उद्योगी, व्यावसायीहरुले विना धितो र सहुलियतपुणर् भनिएपनि ऋण लिनका लागि निकै झण्झटिलो प्रकृया रहेको बताएका छन् ।
विना धितो र सरल कर्जा भन्ने तर उद्यमी व्यावसायीहरु ऋण माग्न जाँदा धितो पुँजी, पहुँच र भनसुन खोज्ने जस्ता प्रबृत्ति देखिएको भन्दै यसवाट साना उद्योगी तथा व्यावसायी लाभान्वित हुन नसक्ने बताएका छन् । कार्यक्रममा बैंकर्स क्लव पर्वतका अध्यक्ष गोविन्द आचार्यले बैंकहरुको आ-आफ्नै नियम हुने भएकाले कुनै बैंकमा सहज र कुनै बैंकमा केहि लामो प्रकृया हुन सक्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले जारी गर्न थालेको सहुलियतपुणर् कर्जाको आवेदन दिने मिति सकिएपनि यसको कार्यविधि भने अझै आईनसकेको बताउनुभयो ।
उहाँले अहिले आवेदन संकलनको काम भैरहेको बताउनुभयो । कतिपय बैंकमा शाखा प्रमुखलेनै लोन स्वीकृत गर्न पाउने तर कतिपय बैंकमा केन्द्रमा पठाउनुपर्ने अवस्था रहेकाले पनि केहि समस्या भएको बताउनुभयो । ऋण लगानी गरेपछि तीन वर्ष भित्र असुलउपर गर्नुपर्ने प्रावधान छ तर यदि असुलउपर भएन भने के गर्ने भन्ने बारेमा राज्यले ग्यारेण्टि नलिँदा पनि समस्या रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले सहुलियतपुणर् कर्जा भनिएपनि धितो राख्न नपर्ने नभनिएको बताउनुभयो । कुनैपनि बैंकमा धिता मुल्यांकन नगरि वा पुँजी र स्टकको अवस्था नहेरी ऋण दिनु नभनिएका कारण समस्या भएको बताउउनुभयो ।
उहाँले बास्तविक उद्यमी व्यवासायीहरु पहिचान गरेर मात्र ऋण लगानी गरेमा असुलउपर गर्न सहज हुने बताउँदै व्यावसायिक पहिचानमा उद्योग बाणिज्य संघले आवश्यक सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक नबराज शर्मा, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, सदस्य मानसिंह भण्डारी, महिला उद्यमी सरस्वती भण्डारी, मिनप्रसाद शर्मा लगायतले जिज्ञासाहरु राख्नुभएको थियो ।
घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष ठाकुरबि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिब प्रेम गुरुङ अशोक र धन्यवाद मन्तव्य मानसिंह भण्डारीले व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!