पर्वत सदरमुकाम कुश्माबजारमा पार्किङ व्यवस्थित बनाईँदै - News site from Nepal
पर्वत सदरमुकाम कुश्माबजारमा पार्किङ व्यवस्थित बनाईँदै

पर्वत- पर्वतको कुश्माबजारको अब्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएको छ । कुश्मा नगरपालिकामा आज बसेको बैठकले यातायात व्यवस्थापन समिति गठन गरि बजारमा बढेको अव्यवस्थित पार्किङ लाई व्यवस्थापन गर्ने, पार्किङ क्षेत्र निर्माणका लागि जग्गा खोजी गर्ने, फुटपथ ओगटेर गरिएको व्यवसाय हटाउने, आलोपालो गरेर भित्री बजारमा ठूला सवारीसाधानलाई प्रबेश गर्न दिने लगायतका निणर्य भएका छन् ।

नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले कुश्मा नगरपालिका ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा यातायात व्यवस्थापन समिति गठन गरिएको छ । समितिलाई पार्किङ क्षेत्र बनाउने जग्गा खोजि गरि अर्को बैठकमा प्रतिबेदन पेश गर्न अख्तियारी दिईएको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँले तत्काल पार्किङ क्षेत्र नबनेको हुनाले त्यतिञ्जेल सम्म बजारक्षेत्र भित्र अरु विकल्पहरुको प्रयोग गरि सवारीसाधानहरुको चाप कम बनाउने तयारी रहेको बताउनुभयो । आजको बैठकले विद्यालय समय र सरकारी कार्यालयको कामकाजको समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ ः ३० देखि ४ ः ३० सम्म बजार क्षेत्रमा मालवाहक तथा यात्रुवाहक ठूला सवारीसाधान लाई प्रबेशमा रोक लगाईने भएको छ ।

यो नियम पुष २५ गतेबाट लागु हुने भएको छ । मूल सडकको रुपमा रहेको पोखरा बागलुङ राजमार्गको शिवालयचोक देखि प्रगतिचोक सम्म, नारायण मावि हुँदै लोकतान्त्रिक चोकबाट अस्पतालचोक सम्म, साझाचोक देखि धनेश्वर चोक हुँदै बगैँचाचोक सम्म, दुर्लुङचोक हुँदै कुश्मा नगरपालिकाको कार्यालयबाट तल मैत्रीचोक हुँदै बगैँचा चोक सम्मको क्षेत्रमा ठूला सवारीसाधान प्रबेशमा रोक लगाईएको हो । विहान र दिउँसोको बढि भीड हुने समयमा यो व्यवस्था लागु गरिएको जोशीले बताउनुभयो । नगरपालिका भित्र तोकिएको क्षेत्रमा मात्र पार्किङ गर्नुपर्ने भएको छ । बजार वरपर आवश्यकता अनुरुप पार्किङ व्यवस्थापन गरि कुश्मा नगरपालिकालाई सुन्दर र सफा राख्ने कदम लिएको नगरप्रमुख जोशीले बताउनुभयो ।

पौष २५ गतेवाट बजार क्षेत्रमा सवारी साधन जथाभावी पार्किङ गर्न नपाईने निणर्य गरेको छ । यस्तै ट्राफिक सचेतनाका लागि ३० ठाउँमा नो पार्किङ बोर्ड निर्माण गरि बढि भीड हुने ठाउँमा राखिने भएको छ । मध्यपहाडी लोकमार्गका छेउछाउमा यात्रु झार्ने र चढाउने खालका साना खाले बस बसौनी स्थल निर्माण गर्ने निणर्य पनि आजको बैठकले गरेको प्रमुख प्रसासकीय अधिकृत हरि पंगेनीले जानकारी दिनुभयो । उहाँले बजारमा पैदलयात्रु हिँड्ने फुटपाथ मिचेर व्यवसायीहरुले सामान विक्रीका लागि राख्ने गरेको र पाली बनाएर फुटपाथ अवरोध गरेको बताउँदै ति सामान तत्काल हटाउन निर्देशन दिईएको बताउनुभयो । फुटपाथ ओगटेर सामान राखेको पाईए नगरपालिकाले जवरजस्ती हटाउने निणर्य गरेको प्रमुख प्रसासकीय अधिकृत पंगेनीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी प्रहरी नायव उपरिक्षक विश्वराज अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, वडाध्यक्षहरु सुवासचन्द्र पौडेल, चित्रकला शर्मा, मिना कर्माचार्य, ट्राफिक प्रहरी निरीक्षक रेशमवहादुर थापा, नगर शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारी लगायतले आफ्ना रायहरु प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!