नेपाल राष्ट्रका प्रथम जगतगुरुले एक साता पर्वतको मोदीवेणीमा बसेर प्रवचन दिने - News site from Nepal

पर्वत- नेपाल राष्ट्रका प्रथम जगतगुरु अनन्त श्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराज श्री पर्वतको पवित्र धार्मिक एवम् पर्यटकीय स्थल मोदीवेणी धाममा एक साताका लागि आउनुहुने भएको छ ।
मंगलवार जिल्लाको महाशीला गाउँपालिकाको निमन्त्रणामा महाशीला वडा नं. ५ लुंखुदेउरालीमा रहेको विश्वकै ठुलो शिला, पैंयुकोट, र सातमुले क्षेत्रको भ्रमण तथा प्रवचन गरी उहाँ २१ गते पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा हुने धार्मिक प्रवचनमा सरिक हुनुहुने भएको छ ।
त्यसैगरी २१ गते साँझ मोदीवेणी नृसिंहधाममा आउने र उहाँ २७ गतेसम्म बस्नुहुने नृसिंहधाम संरक्षण समितिका अध्यक्ष केशव दास बैरागीले जानकारी दिनुभयो । उहाँका अनुसार मोदीवेणीमा रहँदा जगतगुरुले दामोदर कुण्डदेखि त्रिवेणीधाम सम्मका धार्मिक स्थलहरुको महिमावारे, कृष्ण गण्डकी र शालिग्रामको बारेमा प्रवचन दिनुहुने कार्यक्रम रहेको छ । उक्त अवसरमा सम्पुणर् हिन्दु धर्मप्रति आस्था राख्ने महानुभावहरुलाई मोदीवेणी धाममा उपस्थित भई जगतगुरुको दर्शन तथा प्रवचन श्रवण गर्नुहुन समेत दिव्यधामले आग्रह गरेको छ । जगतगुरु वर्षको एक पटक पवित्र धाम मोदीवेणीमा आउने गर्नुभएको अध्यक्ष  केशवदास बैरागीले जानकारी दिनुभयो । साथै कृष्णगण्डकी र शालिग्राममा बढ्दो फोहोर न्यूनिकरणका बारेमा समेत छलफल हुने बैरागीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!