कोरोनाका गम्भीर बिरामीलाई रेमडिसिभिर औषधि चलाउन सरकारको आग्रह - News site from Nepal

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट गम्भीर अवस्थामा पुगेका बिरामीलाई रेमडिसिभिर औषधि चलाउन उपचारमा संलग्‍न अस्पताल र तिनका निर्देशकहरूलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल अस्पतालबाट औषधि खरीद गरी चलाउन र त्यसको सोधभर्ना मन्त्रालयबाट लिन सकिने समेत स्पष्ट पारेको छ । पछिल्लो समय भारतका तीनवटा कम्पनीबाट उत्पादित रेमडेसिभिर औषधि नेपालमा वैधानिक रुपमै आइसकेको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले ‘क्लिनिकल ट्रायल’का लागि रेमडेसिभिर औषधि उत्पादन गर्ने भारतीय कम्पनी सिप्ला, माइलन र हिटेरो कम्पनीका औषधिहरू भित्र्याउन अनुमति दिएको थियो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै अस्पताललाई रेमडेसिभिर औषधी किनेर गम्भिर अवस्थामा पुगेका संक्रमितलाई चलाउन निर्देशन दिदै आवश्यक परेका कोभिड – १९ का गम्भीर बिरामीलाई रेमडेसिभिर औषधि निशुल्क दिन र सोधभर्ना मन्त्रालयबाट लिन आग्रह गरेका छन् ।
क्लिनिकल ट्रायल’मै रहेको यो औषधि कोभिड – १९ का बिरामीका लागि केही प्रभावकारी देखिएको छ। अहिले संसारका धेरै देशले यसको प्रयोग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!