पर्वतमा लकडाउन कडा पार्ने तयारी, बाहिरवाट आएका मजदुर फर्काईयो, सहरकारीको घरदैलो सेवा बन्द - News site from Nepal

पर्वत –  समुदायमा कोरोना नदेखेएिको पर्वतमा कोरोना समुदायमा फैलन नदिन सोमबार देखि स्थानियस्तरमा कडाई गर्ने तयारी गरिएको छ ।
छिमेकी जिल्लामा कोरोना समुदायस्तरमा फैलिएको कारण जिल्लालाई सुरक्षित गर्न नयाँ रणनिती बनाउन लागिएको हो ।
कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि केही दिन यता नाकामा चेक जाँचमा कडाई गर्दै अत्याबश्यक काममा बाहेक जिल्ला भित्रन र बाहिरीन कडाई गरिएको छ । त्यही मौकालाई छोपेर पर्वतमा दाङ्गबाट आइपुगेका ४५ जना मजदुरलाई फिर्ता पठाइएको छ । तीज मजदुरलाई खानेपानी योजनाहरुमा काम गराउन निर्माण ब्यबसायीले लुकिछिपी भित्र्याउन खोजेका थिए । पर्वत र कास्कीको सिमाना नयाँपुल सम्म बसमा आएर नयाँपुलबाट देउपुर तथा तिलहार हुँदै पैदल प्रबेश गर्न खोजेका मजदुरलाई बिभिन्न ठाउँबाट नियन्त्रणमा लिएर फिर्ता पठाइएको जिल्ला प्रशासन कार्यालय पर्वत स्रोतले जानकारी दिएको छ । नयाँपुल सम्म ती मजदुर कसरी आई पुगे भन्ने चाँसोको बिषय बनेको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले कुस्माबजारमा समुदायमा कोरोना संक्रमण फैलन नदिनका लागि सहकारी संस्थाले घरदैलोमा पुगेर बचत संकलन गर्ने कार्यलाई बन्द गर्न कुस्मा नगरपालिकालाई निर्देशन दिएको छ । कुस्माबजारमा झण्डै एक सय सहकारी संस्था क्रियाशिल छन । संस्थामा २ जनाका दरमा मात्रै बजार प्रतिनिधी हुँदा पनि २ सय जना दैनिक घरदैलोमा पुगेर बचत संकलन गर्ने भएकाले उनीहरुबाट संक्रमण फैलन सक्ने जोखिम देखेर घरदैलोमा पुगेर बचत संकलन गर्ने सेवा बन्द गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
जिल्लामा कोरोना संक्रमण फैलन नदिने रणनिती बनाउन मंगलबार कुस्मा, फलेबास, मोदी र जलजला सहितका पालिकाको सहभागितामा सर्बपक्षिय बैठक समेत बोलाइएको छ । उक्त बैठकले पर्वत जिल्ला भित्र चल्ने अन्तर जिल्ला यातयात कम्तीमा एक साताका लागि बन्द गर्ने संभावना छ । पोखरा र छिमेकी जिल्लाबाट लुकीछिपी प्रबेश गरि स्थानिय सवारी साधन मार्फत गन्तब्यमा पुग्न थालेको सुचना आएपछि केही दिनका लागि जिल्ला भित्र चल्ने सार्वजनिक सवारी साधन बन्द गर्ने निष्कर्षमा स्थानिय प्रशासन पुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!