पाटन अस्पतालमा कोरोनाबाट एकको मृत्यु - News site from Nepal
पाटन अस्पतालमा कोरोनाबाट एकको मृत्यु

ललितपुर : ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमणबाट शुक्रबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुने ६५ वर्षीय महिला स्थानीय बासिन्दा नै भएको बुझिएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनी थसिखेलको स्थायी बासिन्दा थिइन् । यही साता कोरोना संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालका अनुसार उनी केही समयअघि वीरगन्जबाट काठमाडौँ आएकी थिइन् । तराईबाट आए पनि क्वारेन्टाइनमा नबसेको बताइएको छ । साथै उनले अन्य मापदण्ड पनि नअपनाएको बताइएको छ । यससँगै मृतकको परिवारका पाँच जनामा पनि संक्रमण भएको बताइएको छ ।

यससँगै स्वास्थय मन्त्रालयको आधिकारिक तथ्यांक अनुसार काेरोनाबाट मृत्यु हुनेकाे संख्या ५२ जनाकाे मृत्यु भइसकेकाे छ । शुक्रबार बिहान वीरगन्जमा एक र ललितपुरकाे एक गरी मृत्यु हुने्को संख्या ५४ पुगेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!