पर्वतको कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेक सवै सेवा भोलीदेखि बन्द गरिने - News site from Nepal

पर्वत- पर्वतको कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेक सवै सेवा बन्द गरिने भएको छ । छिमेकी जिल्लाहरुमा समुदायस्तरमै कोरोनाको जोखिम बढ्दै गएपछि जोखिम न्यूनिकरणका लागि अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने निणर्य भएको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ १५ अर्थात भोली सोमवारदेखि अर्को सूचना जारी नभएसम्मका लागि योजना सम्झौता, फरफारक, भुक्तानी,व्यावसाय दर्ता नविकरण, राजश्व संकलन, सिफारीस लगायतका अन्य सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ ।


नियमीत सेवा बन्द भएपनि स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, दमकल लगायतका नियवाहरु भने सुचारु हुनेछन् । यो निणर्य नगरपालिकाको कार्यालयका साथै मातहतका १४ वटै वडामा कार्यान्वयन हुने नगरपालिकाले जनाएको छ ।
पर्वतमा समुदायस्तरमा कोरोनाको जोखिम नदेखिएपनि छिमेकी जिल्लाहरुमा बढ्दै गएकाले संक्रमण फैलिने खतरा बढेको छ । पर्वतमा हालसम्म १ सय ८ जनामा कोरोना संक्रमण देखिएको छ भने १ सय ३ जना निको भएर घर फर्किसेका छन् ।
अहिले समुदायस्तरमा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न टोल टोलमा पुगेर पिसिआर परिक्षण गर्न थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!