पर्वतको ठुलीपोखरी प्रथामिक स्वास्थ्य केन्द्रलाई समाजसेवी रिमालद्धारा ५० हजार मुल्य बराबरको समाग्री सहयोग - News site from Nepal

पर्वत – ठुलीपोखरी पोखरा सम्पर्क समाजका उपाध्यक्ष झलक रिमालले कोरोना भाइरस नियन्त्रणका लागि ठुलीपोखरी प्राथमिक स्वास्थ केन्द्रलाई स्वास्थ्य समाग्री सहयोग गर्नुभएको छ । रिमालले झण्डै ५० हजार मुल्य बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । मंगलबार ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रकै प्राङगणमा एक कार्यक्रमको आयोजना गरी वडा अध्यक्ष राजेन्द्र पौडेलको रोहबरमा स्वास्थ्य केन्द्रका प्रमुख राजन लामिछानेलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
दक्ष चिकित्सक रहने प्राथमिक स्वास्थ्य केन्द्रमा अहिलेका प्राप्त सामग्री निकै उपयोगी हुने देखेर आफुले सहयोग गरेको उहाँको भनाई छ । प्रदान गरिएका सामग्रीमा मास्क, पञ्जा, पिपिई, थर्मलगन, गमबुट, हेण्ड स्यानिटाइजर, पञ्जासहितका सामग्रीहरु रहेका छन् । प्राप्त सामग्रीबाट अहिलेको कोभिड-१९ सम्बन्धित स्वास्थ जाँच, सुरक्षा प्रबन्ध र तयारीमा सहयोग हुने वडा अध्यक्ष राजेन्द्र पौडेलले बताउनुभयो । पौडेलले स्वास्थ्य उपकरण प्रदान गरेकोमा समाजसेबी रिमालप्रति धन्यवाद व्यक्त गनुएभएको थियो ।
वितरण गरिएका सामग्रीमा हेन्ड स्यानिटाइजर मेसिन १ थान, स्यानिटाइजर ५ लिटर, केएन नाईन्टी फाईभ मास्क १५ थान, गम बुट ५ सेट, स्यानिटाइजर एक हजार लिटर, ग्लोब्स ५ प्याकेट, थर्मलगन २ थान, पिपिई सेट ५ थान र सर्जिकल मास्क ५ सय पिस रहेको सो अबसरमा रिमालले जानकारी दिनुभयो । उहाँका अनुसार ४७ हजार ३ सय २५ रुपैयाँ मुल्य बराबरको सामाग्री हस्तान्त्रण गरिएको हो । रिमालले यस बाहेक ठुलीपोखरीमा क्वारेन्टिनमा बसेकाहरुलाई बिभिन्न फलफुल तथा खाद्यान्न सामाग्री पनि उहाँले बितरण गर्नुभएको थियो भने सुरक्षाकर्मीको लागि मास्क, स्यानिटाइजर र गमबुट १ सेट हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari