पर्वतमा भारतवाट आएका थप ३९ र एक स्वास्थ्यकर्मी सहित ४० जनाको थ्रोड स्वाब संकलन - News site from Nepal
File photo

पर्वत- छिमेकी मुलुक भारतवाट भित्रिएका ३९ जना र एक स्वास्थ्यकर्मी गरी ४० जनाको थ्रोड स्वाब संकलन गरिएको छ ।
शनिबार ४० जनाको थ्रोड स्वाब संकलन गरि परिक्षणका लागि पठाईएको हो ।
४० जनाको स्वाब संकलन गरी परिक्षणका लागि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल पर्बतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देबकोटाले जानकारी दिनुभयो । उनिहरु सबैलाई अहिले पर्वतको पुलिङ क्वारेन्टाईनमा राखिएको छ । भारतबाट पर्वत आएका मध्ये सबैलाई सुरक्षित तवरबाट क्वारेन्टिनमा राखिएको जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख श्यामु अर्यालले बताउनुभयो । पर्बतमा अहिले सम्म भारतवाट भित्रिएका ४८ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
भारतवाट भित्रिएका मध्ये अझै १७ जनाको स्वाब संकलन गर्न बाँकी रहेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!