फलेवासको कोरोना कोषमा राष्ट्रिय वाणिज्य बैंकको ३० हजार सहयोग - News site from Nepal

पर्वत- राष्ट्रिय वाणिज्य बैंक लिमिटेड फलेवास शाखाले  फलेवास नगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ३० हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा नगरपालिकामा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका राष्ट्रिय बाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिका को कोरोना कोषमा सहयोग गरेको राष्टिय बाणिज्य बैंक फलेवास शाखाका प्रबन्द्धक तोरण बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
लकडाउनको समयमा बैकंले ग्रहाक बर्गलाइ प्रदान गरिरहेको सेवा सुबिधा प्रति नगरप्रमुख पदमपाणी शर्माले चासो राख्नुभएको थियो । साथै विश्व स्वास्थ संगठनको निर्देशन अनुसार स्वाथ मापदण्ड पुरा गरि सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
बैंकले आगामी दिनहरुमा पनि फलेवासका विभिन्न संघ संस्था,विद्यालय,स्वास्थ केन्द्र तथा अन्य संस्थागत उत्तरदायित्व अन्र्तगत अन्य आर्थिक वा गैरआर्थिक सहयोग गर्ने प्रबन्द्धक विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2020 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari