लोकतन्त्र अनलाईन

Advertisment

SKIP THIS
पर्वतमा मोदीखोलाले बगाउँदा युवा बेपत्ता - News site from Nepal
पर्वतमा मोदीखोलाले बगाउँदा युवा बेपत्ता

पर्वत-  मोदी खोलामा रातको समयमा माछा मार्न गएका एक युवालाई खोलाले बगाउँदा बेपत्ता भएका छन ।
पर्वतको मोदी गाउँपालिका वडा नं ६ गिज्यानका ३६ बर्षिय दिपक खड्का आइतबार राती माछा मार्ने क्रममा मोदीखोलाले बगाएको हो ।
पर्वतको मोदी गाउँपालिका–२ सिमखेत स्थित मोदी खोलामा माछा
मार्ने क्रममा राती साढे १० बजे खड्कालाई अचानक खोलाले बगाई लगेको प्रहरीले जनाएको छ । खोलामा ५० मिटर
तल पानीमा खड्काले लगाएको कपडा समेत भेटिएको । प्रहरीले खोजी कार्य जारी रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!