
पर्बत- महाशिला गाउँपालिकाले महाशिला ५ लुङ्खु देउरालीमा कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न १५ शैयाको अस्थायी क्वारेन्टाईन स्थापना गरेको छ । सोमबार गाउँपालिका ५ स्थित धुवाँकोट महाशिला क्याम्पसको भवनमा वडा कार्यलय लुङ्खु देउराली, महाशिला स्वास्थ शाखा, प्राथमिक स्वास्थ केन्द्र र लुङ्खु देउरालीको अगुबाईमा कोरोना भाईरस विरुद्धको संक्रमण रोक्न क्वारेन्टाईन स्थापना गरीएको हो ।
विशेष गरी बाहिरबाट गाउँपालिकामा आएका सर्वसाधारणहरु तथा पालिका भित्रका मानिसहरुलाई कोरोनाको सामान्य लक्षण देखिए निगरानीमा राख्नका लागि क्वारेन्टाईन स्थापना गरिएको महाशिला गाउँपालिका बडा नम्बर ५ लुङ्खुका वडा अध्यक्ष जिबन उचै ठकुरीले जानकारी दिनुभयो ।
गाउापालिकाले कोरोना भाइरसको उच्च जोखिमलाई मध्येनजर गरी रोकथाम तथा सम्भावित महामारी विरुद्ध न्यूनीकरण गर्न प्रभावकारी व्यवस्थापनको आवश्यक सम्पूर्ण तयारी गरेको छ । आवश्यकता परेको खण्डमा गाउँपालिकाको अन्य ठाउँहरुमा समेत क्वारेन्टाईन बनाईने ठकुरीले बताउनुभयो । क्वारेन्टाईनमा राखिने बिरामीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा २ हप्ता सम्म राखे पछि सामान्य अवस्था देखिएमा मात्रै घर फर्काइने उहाँले बताउनुभयो ।