
पर्वत- पर्वतमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ६ का ४२ वर्षिया महिला र ७८ वर्षिय पुरुष तथा कुश्मा नगरपालिका २ का २३ वर्षिय पुरुष तथा पैंयु गाउँपालिका वडा नं. ७ का ३३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सवै कन्ट्राक्ट टे्रसिङवाट पहिचान भएका हुन् ।
उनिहरु सवैलाई आईशोलेशनमा व्यवस्थापन गरिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो सँगै पर्वतमा कोरोना सक्रमितको संख्या ३ सय ५ पुगेको छ ।