देशभर थपिए ८ सय ८४ संक्रमित, कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० - News site from Nepal

काठमाडौं : पछिल्‍लो २४ घण्‍टामा देशभर ८ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्‍वर गौतमले यसबारे जनाएका हुन्।

आज काठमाडौंमा १ सय ५५ भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित थपिएका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गरिएको थियो।

हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन्।

योसँगै नेपालमा कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ। गएको २४ घण्टामा ३ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या पनि २० हजार ५ सय ५५ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2024 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!