पर्वतको दुर्लुङ्ग पहिरो रोकथामका लागि डेढ करोड रुपैया बिनीयोजन - News site from Nepal

पर्वत- नौ जनाको ज्यान लानेगरी गएको जेठ ३१ गते राती पर्वतको दुर्लुङ्गमा गएको पहिरो रोकथाम तथा व्यवस्थापनका लागि रु डेढ करोड रुपैया बिनीयोजन भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङको काउलेमा गएको पहिरोले दुई परिवारका ८ जनाको ज्यान गएको थियो भने दुई घर पुणर् रुपमा क्षति भएका थिए । त्यस्तै आसपासका १० घर विस्थापितको सुचिमा रहेका छन् ।
नेपाल सरकार अर्थ मन्त्रालयबाट स्टिमेट गरिए अनुसारको रकम रु. १ करोड ५० लाख रुपैँया अर्थमन्त्रायलेको स्वीकृतिमा उर्जा जलश्रोत तथा सिंचाई मन्त्राालयमार्फत विनियोजन भएको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको सचिबालयले जनाएको छ ।
पहिरो गएलगत्तै पिडितहरुलाई समवेदना दिएर र घटनास्थल अवलोकन गरेर फर्किनुभएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको विशेष पहलमा उक्त बजेट बिनीयोजन भएको हो । त्यसैगरी पहिरोबाट विस्तापित वस्तिलाई स्थानन्तरण गर्नका लागि थप आवश्यक कार्य अगाडि बढिरहेको अध्यक्ष तिमिल्सिनाको सचिबालयका उपसचिब उद्बीर नेपालीले जानकारी दिनुभएको छ ।
पहिरोले क्षति पुर्‍याएका आसपासका १० घरलाई तत्काल सुरक्षित स्थानमा स्तान्तरण गर्न भूगर्वबिद्धले सिफारिस गरेको थियो । उक्त बस्ती स्थानन्तरणका लागि समेत पहल भैरहेको छ ।
खानी तथा भूगर्भ बिभागको टोलीले प्रतिबेदन सार्वजनिक गर्दै पहिरो गएको ठाउँ नजिक रहेका १० घर अत्यन्त जोखिमा रहेका कारण तत्काल स्थानान्तरण गर्न सिफारिस गरेको थियो । भूर्गवबिद्धको टोलीले पहिरो जानुको कारण र त्यस क्षेत्रको जमिनको आगामी अवस्थाबारे प्रतिबेदन बुझाईसेको छ ‘पहिरोको वर्तमान अवस्था र निकट भविष्यमा हुने वर्षालाई समेत आकलन गरी पहिरो आसपासका १० घर तत्कालका लागि सुरक्षित स्थानमा सार्न प्रस्ताव गरेको थियो ।’ अध्ययनको नेतृत्व गरेका भूगर्वविद् शिवकुमार बास्कोटाले भन्नुभयो ‘पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम, साभो ड्याम र बायो इन्जिनियरिङ पद्धति अवलम्बन गर्न सकिने पनि प्रस्ताव गरिएको छ ।’
ढकालबारीदेखि नुवारखोलासम्म ठूलो भूभाग पनि लामो समयदेखि तलतिर सरेको पाइएको भूगर्वविद् बास्कोटाले बताउनुभयो । उक्त स्थानमा रहेका घर सार्न, नयाँ घर नबनाउन, सिँचाइ खेती नगर्न, भेल पानी तर्काउन र उक्त क्षेत्रभित्र रहेका पानीका मूलको व्यवस्थित निकास दिन पनि टोलीले सुझाव दिइएको छ ।
भूगर्भविद्को रिपोर्टका आधारमा पहिरोबाट पूणर् क्षति भएका २ तथा आसपासका १० घर, काफलबोटरकाउलेका ७ घर र ढकालवारिदेखि नुवारखोलासम्म रहेका घरहरु सुरक्षित स्थानमा सार्न सहरी विकास मन्त्रालय मार्फत काम हुने बताईएको छ । अहिलेपनि पहिरोलाई बढ्न नदिन रिटेनिङ पर्खाल, चेक ड्याम बाँध्ने काम भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!