पर्बतको कोरना अस्पतालमा भर्ना भएकी महिलाको रिर्पोट पनि नेगेटिभ - News site from Nepal
पर्बत-  पर्बतको कोरना अस्पतालमा मंगलबार उपचारको लागि ल्याईएको एक महिलाको रिर्पोट नेगेटिभ आएको छ ।
मंगलबारनै थ्रोड स्वाब संकलन गरि पोखरा पठाईएकोमा उनको बुधबार मात्र रिर्पोट आएको पर्वत जिल्ला अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा.शिशिर देबकोटाले बताए ।
पर्वतको फलेबास नगरपालिका वडा नं ३ की बिरामी चार दिन देखि ज्वरो, रुघा र सुख्खा खोकी लागी जिल्ला अस्पताल आएकी थिईन । ज्वरो, रुघा र सुख्खा खोकी लगातार लागेको कारण उनलाई कोरना अस्पतालमा राखेर उपचार गराईएको अस्पतालले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!