पर्वतको खुर्कोटकी ८१ वर्षिया प्यारालाईसिस पिडित बृद्धालाई नगरप्रमुख जोशीद्धारा ह्वीलचियर हस्तान्तरण - News site from Nepal

पर्वत– राज्यवाट आफुले जनप्रतिनिधि भएवापत पाउने सेवा सुविधा समेत नागरिककै लागि खर्चिदै आएका पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले फेरी अर्को परोपकारी काम गरेका छन् ।
विगत एक दशकदेखि प्यारालाईसिस रोगवाट थलिएकी कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटकी गम्भीरा पाध्यालाई ह्वीलचियर सहयोग गर्नुभएको हो । यो भने कुश्मा नगरपालिकाको सामाजिक विकास शाखाको सहयोगमा बृद्धालाई हस्तान्तरण गरिएको हो ।
८१ वर्षिया बृद्धालाई हिडडुल गर्न र परिवारलाई पनि रेखदेख गर्न, दिशापिसाव गराउन तथा सरसफाईका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले ह्वीलचियर वितरण गरिएको हो । बुधवार पिडित पाध्याकै घरमा पुगेर नगरप्रमुख जोशीले उक्त ह्वीलचियर हस्तान्तरण गर्नुभएको छ ।
ह्वीलचियर पाएपछि बृद्धा हर्षित बन्नुभएको थियो । जीवनको उत्तराद्र्धमा राज्यले सानो भएपनि सहयोग गरेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । सो अवसरमा वडा सदस्य शान्ति कुमाल, कालीभक्त शर्मा लगायत स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!