पर्वतमा स्वास्थ्य संवन्धि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न - News site from Nepal

पर्वत- पर्वत अस्पतालले आफनो ३० औं स्थापना दिवसको सन्दर्भ पारेर माध्यमिक विद्यालय स्तरिय स्वास्थ्य संवन्धि हाजिरी जवाफ प्रयितोगिता सञ्चालन गरेको छ ।
स्वास्थ्य र मेडिकल विज्ञान संवन्धि विषयमा चासो वृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा नमूना आवासीय मा.वि कुश्मा प्रथभ राष्ट्रिय बाल शिक्षा सदन कुश्मा द्धितिय र हिमालय मा.वि. तृतिय भएका छन् ।
सो अवसरमा बोल्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले अस्पतालबाट प्रवाह भईरहेका सेवा सुविधाहरु संवन्धमा घर घरमा जानकारी पुराउनका लागि यो प्रतियोगिताले सहयोग पुग्ने धारणा राख्नुभयो ।
सो अवसरमा अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले अस्पतालले स्थापना दिवसको दिन पारेर माघ १६ गते निशुल्क सुगर परिक्षण तथा निशुल्क भिडियो एक्सरे गर्ने कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिनुभएको थियो ।
पर्वत अस्पतालले आफनो स्थापनाको ३० औं वर्षको अवसर पारेर गत माघ १० गतेदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!