पर्वतको कुश्मा स्थित बालमन्दिर प्राविमा व्यवस्थापन समिति गठन - News site from Nepal

पर्वत – पर्वतको कुश्मा स्थित बालमन्दिर प्राथमिक बिद्यालयमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन भएको छ । आईतवार अभिभावकहरु र सरोकारवालाहरुको भेलाले कुश्मा नगरपालिकाको शिक्षा ऐन अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विपिन गुरुङ सर्वसम्मत रुपमा चयन हुनुभएको छ । व्यवस्थापन समितिका सदस्यहरुमा सरस्वती भण्डारी, लक्ष्मी विक, महमद सेख मियाँ, ज्योती नेपाली, सरिता परियार रहनुभएको छ । पदेन सदस्यमा वडाध्यक्ष चित्रकला शर्मा भारती , सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लोकबहादुर राना र शिक्षक प्रतिनिधीमा प्रेमप्रसाद शर्मा रहनुभएको छ ।

यस्तै उक्त विद्यालयमा रामवहादुर दर्जीको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन भएको छ । सदस्यहरुमा विशाल नेपाली, मिना परियार, गंगा पुन, पवित्रा बस्याल, एलिसा खातुन चयन हुनुभएको छ । सदस्य सचिवमा भने शिक्षक गणेश दर्जी चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन कार्यक्रममा कुश्मा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद तिवारी, वडाध्यक्ष चित्रकला शर्मा भारती, कुश्मा नगरपालिकाको शिक्षा शाखा अधिकृत दिपक सुबेदी, विद्यालयका शिक्षकहरु र अभिभावकहरुको उपस्थिती थियो ।

विद्यालयलाई प्रगतिको शुभकामना दिँदै वडाध्यक्ष चित्रकला शर्मा भारतीले विद्यालयको स्थिती सुधारका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । हिजो बाट आज सम्म आईपुग्दा यो विद्यालयले भौतिक पूर्वाधारमा फड्को मार्दै गएको बताउँदै शर्माले आफु विद्यालयको सुधारमा लागिरहेको बताउनुभयो । नयाँ व्यवस्थापन समितिलाई नयाँ योजना बनाएर अगाडी बढ्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2023 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!