पर्वतमा थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि - News site from Nepal
पर्वतमा थप दुई जनामा कोरोना भाईरस संक्रमण पुष्टि

पर्वत- पर्वतमा थप दुई जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा पर्वतका ३७ र २८ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनिहरु दुवैजना नेपाली सेनाको केवलजंग गुल्म गोदाम व्यारेकमा कार्यरत रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै पर्वतमा संक्रमितको संख्या १ सय २३ पुगेको छ ।
संक्रमित दुवै जनालाई नेपाली सेनाकै आइशोलेशनमा राखेर उपचार थालिएको छ । यस अघि नेपाली सेनाको केवलजंग गुल्ममा ४ जनामा सक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!