पर्वतको कुस्मामा निजि क्लिनिकमा कार्यरत संक्रमित स्वास्थ्यकर्मीका परिवारमा पनि संक्रमण पुष्टि - News site from Nepal

पर्वत –  पर्वतको कुस्मामा निजी क्लिनिकमा काम गर्ने एक जना संक्रमित  स्थास्थ्यकर्मीका परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
पर्वतको कुस्मा नगरपालिका ५ का २२ बर्षिय युवामा संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको नमुना परिक्षणमा ती युवामा संक्रमण पुष्टि भएको हो । पर्वतको कुस्माको एक निजी मेडिकलमा सेवा दिदै आएका चिकित्सकमा संक्रमण पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङका क्रममा परिवारका सदस्यमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमितलाई गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको पर्वत अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।
पर्वतमा समुदायस्तरमा कोरोना देखिने क्रम जारी छ । यो सगै पर्वतमा संक्रमितको संख्या ७२ पुगेको छ भने निको भएर १९ जना संक्रमित निको भएर घर फर्केका छन । पर्वतको अस्तायी कोरोना अस्पतालमा ५२ जना उपचाररत रहेका छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2021 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!