पर्वत- पर्वतको महाशीला गाउँपालिकाले कोरोना संक्रमितलाई परिक्षण गर्दा चिकित्सकले लगाउने प्रसनल प्रोटेक्टिभ इक्वीपमेन्ट (पिपिई) तयार गरेको छ ।
स्थानीय स्तरमा पाईने प्लाष्टिक र कपडावाट पिपिई तयार गरिएको हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कारोना भाईरसवाट संक्रमितहरु तत्काल उपचार आएको खण्डमा स्थानीय स्तरमै बनेको पिपिई लगाएर परिक्षण गर्न सकिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरबहादुर बरालले जानकारी दिनुभयो ।
उहाँका अनुसार लुंखुदेउराली प्राथमिक स्वास्थ्य चौकीमा अब कोरोना संक्रमित बिरामीहरुको आईसोलेशन वार्डमा राखेर उपचार गर्न सकिने भएको छ । महाशीला गाउँपालिकाको पहलमा उक्त सामाग्री तयार गरिएको हो ।
उक्त गाउँपालिकाले चैत १ गतेदेखि हालसम्म विभिन्न मुलुकहरुवाट आएकाहरुको निगरानी बढाएको छ । हालसम्म १५ जना सम्पर्कमा आएको महाशीला गाउँपालिकाले जनाएको छ ।