पर्बतमा दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु - News site from Nepal
पर्बतमा दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु

पर्बत/पर्बतमा दाउराको मुडाले च्यापीएर एक जनाको मृत्यु भएको छ ।
फलेबास नगरपालिका वडा नम्बर ८ ठानामौलाका ५५ बर्षिय पुतली बि.कको मुत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्बतले जनाएको छ ।
घर नजिक उत्तिसको दाउरा काट्ने क्रममा अचानक मुडा पल्टिएर मुडाले च्याप्दा घाईते भएकी बिकलाई उपचारको लागी जिल्ला अस्पताल पर्बत ल्याउँदा अस्पतालमा चिकिस्सकले सोमबार साझ मृत घोषणा गरेका थिए ।
बिकको शब जिल्ला अस्पताल पर्बतको शब गृहमा राखीएको र आज पोष्ट मार्टम गरी आफन्तको जिम्मा लगाउने जिल्ला प्रहरी कार्यलय पर्बतका प्रमुख श्यामु अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© 2025 लोकतन्त्र अनलाईन All right reserved
Site By : Softnagari
error: Content is protected !!